६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
वाणिज्य संघ र लायन्स क्लव कोहलपुरले ११ थान पिपिई सहयोग गरे


कोहलपुर उद्योग वाणिज्य संघले नगर स्वास्थ्य शाखा कोहलपुर र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका स्वास्थ्यकर्मीहरुलाई ८ थान पिपिई सहयोग गरेको छ । लायन्स क्लव अफ कोहलपुर ले ३ थान पिपिई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना भाईरस संक्रमितको उपचारमा संलग्न डक्टरहरुले लगाउनुपर्ने अत्यावश्यक प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराईएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कोहलपुर नगर स्वास्थ्य शाखालाई २ थान र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई ६ थान पिपिई उपलब्ध गराईएको हो । अहिले स्वास्थ्यकर्मीहरुले प्रयोग गर्दै आएको प्लाष्टिकको पिपिई भन्दा धेरै सुरक्षित र गुणस्तरीय पिपिई उपलब्ध गराएको अधिकारीले दावी गरे ।

पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो । कोहलपुरमा पिपिई उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै कोहलपुर उद्योग वाणिज्य संघले पिपिई सहयोग गरेको हो ।

Nabintech