६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कैद भुक्तान गरिरखेका सिद्दिकीको मृत्यु


नेपालगन्ज कारागारमा एक जना कैदीको मृत्यु भएको छ । अपराधिक लाभ कसुरमा कैद भुक्तान गर्दै आई रहेका नेपालगन्ज–८ का ६० वर्षिय अस्फाक अहमद सिद्दिकीको मंगलबार बिहान ७ बजे एक्कासी बेहोस भएपछि उपचारको लागि भेरी अस्पताल पुराए लगत्तै मृत्यु भएको हो ।

कारागारका जेलर देबेन्द्र प्रसाद श्रेष्ठका अनुसार कारागारमा बिगत सवा दुई बर्षदेखी कैद भुक्तान गरि रहेका सिद्दिकीको मंगलबार बिहान ७ बजे एक्कासी बेहोस भएपछि उपचारको लागि भेरी अस्पताल पुराए लगत्तै मृत्यु भएको बताए ।

मृतक सिद्दिकी लामो समयदेखी उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित रहेको जेलर श्रेष्ठले जानकारी दिए । उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालको पोष्टमार्टम गृहमा राखिएको
छ । नेपालगन्ज कारागारमा ३ सय जना कैदी अट्ने क्षमता भएपनी हाल अहिले करीव ८ सय २५ जना कैदी रहेका छन ।

Nabintech