६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा कोहलपुर नगर कमिटीले राहत वितरण गर्ने


नेकपा कोहलपुर कमिटिले अति विपन्न घर परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । कोहलपुर नगरपालिका भित्र रहेका अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राहत वितरण गर्ने तयारी गरेको हो ।

नेकपा कोहलपुर नेकपा कोहलपुर नगर कमिटिले राहत वितरण गर्ने कमिटिकी अध्यक्ष बसन्ती अधिकारीले नगरपालिका भीत्र अति विपन्न दैनिक ज्याला मजदूरी गर्ने परिवारको लगत संकलन भईरहेको बताउनु भयो । लगत संकलनको आधरमा राहत वितरण गर्ने अध्यक्ष अधिकारीले बताउनु भयो अहिले हामी लगत संकलनमा छौँ ।कोहलपुर नगरपालिकाले अति विपन्न घर परिवारको लगत सकलन गर्न प्रत्येक वडा अध्यक्षहरुलाई निर्देशन दिएको छ ।

कोहलपुर नगरपालिका ११ वडामा आ–आफ्नो तरिका लगत संकलन सकलन भएको बुझिएको छ । स्थानिवासीले वडा कार्यालयका लगत सकलन गर्न कर्मचारी नआएको बताएको छन् ।

Nabintech