८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एका विहानै कोहलपुरमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा अनमी बटालाको मृत्यु


केहलपुरको न्यूरोडमा एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । दुर्घटना भए लगत्तै उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुर्याएकी शोभा बटालाको चिकीत्सकले मृत घोषणा गरेका हुन् ।

कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको बाईकलाई ठक्कर दिएको थियो । मृतक बटाला बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्दै आएको बैजानाथ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले नयाँ कोर्सलाई बताए ।

मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन । मोटरसाइकल चालक डन्ड बिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुललिप चन्दले बताए ।

Nabintech