९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उद्योगी ब्यवसायीका अगुवा नेता खनालले घर भाडा नलिने घोषणा गरे


विश्व भर माहामारीको रुप लिएको कोरोना भाईरसका कारण देशले पुर्ण रुपले लकडाउनको सामाना गर्नु परेको छ । लकडाउनका कारण प्रभावित भए पनि कोरोना भाईरसको नियन्त्रणका लागि सवैले सजकता अपनाई रहेका छन् । लकडाउनले सबै क्षेत्र प्रभावित भएकाछन् । सवै क्षेत्रमा आर्थिक मन्दीले छुनथालेको छ ।
यस्तो अवस्थामा विजुलि,पानी,दुरसञ्चार र बैंकको व्याज ढिलोगरी तिरेपनि हर्जना नलाग्ने सरकारले निर्णय गरेको छ । बैकको व्याज असार मसान्त सम्म तिरे पनि हर्जना नलाग्ने भएको हो ।

जनताहरु खान्न र तरकारी किन्न पाईरहेका छैनन् । घर तथा कोठा भाडामा बस्नेहरु दैनिक काम गर्नबाट बञ्चित छन् ।दैनिक ज्यालादारी र मजदुरी गर्नेहरुको दैनिकी दया लाग्दो छ ।
यसैका बिच कोहलपुरका व्यापारीहरुका अगुवा नेता बिष्णु प्रसाद खनालले अहिलेको अवस्था सामान्य नहुँदासम्म घरभाडा नलिने घोषणा गरेका छन् । कोहलपुर ११ दशबिगाहमा घर भएका खनालले अहिलेको अवस्था सामान्य नहुँदासम्म आफ्नो घरका कोठाहरु भाडामा लिई बस्नेहरुसँग भाडा नलिने नयाँ कोर्सलाई बताएका छन् ।

खनालले नयाँ कोर्ससँग कुरा गर्दै भने–मैले घरभाडा बाफत मासिक ३४ हजार रुपैयाँ उठाउँने गरेको थिए’अवस्था सामान्य नहुँदासम्म घरभाडा नलिने निर्णय गरेको छु ।’ खनालले भने कोरोना भाइरसको सन्त्रास नेपालमा नहट्दा सम्म घरभाडा नलिने घोषणा गरेका छु ।

Nabintech