५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
तत्काल पीसीआर ल्याब नेपालगन्जमा स्थापना गर्न संघिय सरकारसँग सांसद अथकको माग


बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद तथा नेकपाका केन्द्रिय नेता महेश्वर गहतराज अथकले केही दिन अघि संघिय सरकारले धरान, पोखरा र नेपालगन्जमा कोरोना परिक्षण गर्ने प्रयोगशालाका लागि पीसीआर पठाउने निर्णय गरे पनि अन्तिममा आएर नपठाएकोमा आपत्ती जनाउँदै तत्काल पठाउन माग गर्नु भएको छ ।

सोमवार सांसद अथकले एक प्रेस नोट जारी गरेर सरकारले आज सामान वितरण गर्दा नेपालगन्जमा पीसीआर नपाठाएकाले सरकारको निर्णयको विश्वसनियतामा समेत प्रश्न उठेको बताउनु भएको छ ।
उहाँले जारी गर्नुभएको प्रेस नोटमा भनिएको छ–सरकारले या ेघडीमा आफ्ना कदमहरु अक्रामक रुपले अगाडी बढाएको छ, म सरकारको यस पहलकदमीका लागि विशेष धन्यवाद दिन चाहन्छु ।
सांसद अथकले पश्चिम नेपालका २६ जिल्लाका जनताको औषधी उपचारको पहिलो गन्तव्य नेपालगन्ज नै भएको र भारतबाट सबैभन्दा बढी आवागमन हुने पश्चिमको नाका समेत नेपालगन्जनै भएकोले यहाँ पिसीआर नपठाईएकोमा गम्भीर ध्यानाकर्षण भएको प्रेस नोट मार्फत जनाउनु भएको छ ।

कोरोनाको सबैभन्दा बढी जोखिममा नेपालगन्ज रहेको जनाउँदै उहाँले नेपालगन्जका लागि तत्काल पीसीआर ल्याबका साथै अन्य उपकरण पठाउन सरकारसंग माग पनि गर्नु भएको छ ।
अन्तमा उहाँले सरकारले यस दिशामा कदम चाल्ने आशा गर्दै आज सिंगो देश कोरोना विरुद्धको अभियानमा एकजुट भएर संघर्ष गरिरहेको पनि उल्लेख गर्नु भएको छ । यसैविच जनताको अत्याधिक माग र विरोधपछि प्रदेश सरकारले सोमवार नै नेपालगन्ज, दांग र बुटवलमा कोरोना परिक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।

Nabintech