५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुख्यमन्त्री पोखरेल र उपमहानगर प्रमुखबीच भिडियो संवाद


कोरोना रोकथाम तथा नियन्त्रणका बारे भइरहेका प्रयासका बारे मुख्यमन्त्री शंकर पोखरेलले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमसेर राणासंग प्रत्यक्ष्य भिडियो संवाद गर्नुभयो ।

मुख्यमन्त्री र उपमहानगर प्रमुखबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भयो । उपमहानगरपालिका प्रमुखहरुले अहिलेसम्म गरेका कामबारे जानकारी दिदै प्रदेश र संघीय सरकारबाट गरेको अपेक्षा बारे बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले महामारी रोकथामका लागि उपमहानगरपालिकाहरुको सक्रियता प्रशंसनीय रहेको बताउँदै भारतसहित अन्य मुलुकबाट आएकाहरुको तथ्याङ्क संकलन गरी क्वारेन्टाइनमा राख्न, दैनिक ज्यालादारी गर्ने नागरिकको खानपानको व्यवस्थापनमा ध्यान दिन र स्थानीयस्तरमा पनि राहत कोष बनाउन प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरी उपचारको व्यवस्था गरेको, अब केही दिनमै प्रयोगशाला परीक्षणको लागि काठामाडौं जानुपर्ने बाध्यता हट्ने र प्रयोगशाला रिपोर्ट आउन छिटोछरितो हुने बताउनुभयो ।
तीन तहको सरकारबीचको समन्वय र सहकार्यबाट सबैलाई एकताबद्ध गरी महामारीलाई परास्त गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उहाँले बताउनुभयो ।

Nabintech