२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा ३२ वेडको क्वारेन्टाइन बन्यो


कोहलपुर नगरपालिका ले ३२ वेडको क्वारेन्टाइन तयार गरिएको छ । कोहलपुर –८ पिपरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा ३२ वेडको क्वारेन्टाइन तयार पारेको कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले नयाँ कोर्सलाई जानकारी दिइन् ।
उनले नयाँ कोर्ससँग कुरा गर्दै कोरोना भाइरसलाई मध्यनजर गरेर सुरक्षाका लागि नगरपालिका–८ पिपरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रलाई ३२ बेडको क्वारेन्टाइन तयार गरिएको बताईन् ।

क्वारेन्टाइनको लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गर्नुका साथै आवश्यक सामग्रीको व्यवस्था गरिएको नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिए । क्वारेन्टाइनमा तीनजना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी र एक जना नगर प्रहरी समेत तयारी अवस्थामा राखिएको नगर प्रमुख रावलले बताए ।

Nabintech