९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोभिड–१९को वैश्विक लडाइँमा चिनियाँ अनुभव आशापुञ्ज


विश्वको शक्तिशाली देशहरूको समूह जी ट्वेन्टीको मार्च २६ मा सम्पन्न विशेष शिखर सम्मेलन एक धेरै महत्वपूर्ण, समयानुकूल र उल्लेखनीय बैठक थियो । जी ट्वेन्टीको २० वर्षे इतिहासमा यो बैठक दुई किसिमले पहिलो पटक भयो । पहिलो यो शिखर सम्मेलन भिडियो कन्फ्रेन्सको रूपमा पहिलो पटक भयो । दोस्रो, विषय कोभिड–१९बाट पार पाउने शीर्षकमा यो सम्मेलन पहिलो पटक भयो । यो शिखर सम्मेलनले विश्वव्यापी भएको महामारी कोभिड–१९को विद्यमान जटिलता र एकताबद्ध भएर महामारीसँग लड्नुपर्ने आकस्मिकता एवम् आवश्यकतालाई दर्शाउँछ ।

दुई महिना बढी समयसम्म महामारी विरूद्धको लडाइँमा चीनको अनुभव धेरै समृद्ध, मूल्यवान तथा प्रभावशाली छ र यसका अधिकांश अनुभवहरू अन्य देशहरूमा सोझै प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि निकटतम व्यवस्थापन, जमघटमाथिको कठोर नियन्त्रण, एकान्तवास निरीक्षण, मास्क लगाउनु ,आकस्मिक अस्पतालको स्थापना ९हउशेनशान अस्पताल र लेइशेनशान अस्पताल०, अस्पताल सार्ने, शुरूमै पहिचान, शुरूमै रिपोर्ट, शुरूमै उपचार, जस्ता विषयको व्यवहार अपनाउन सकिन्छ । धेरै देशहरूले यस्तो गरिसकेका छन् र अहिले त्यसको असल नतिजा प्राप्त भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ सो बैठकमा सहभागी भए र महत्वपूर्ण सम्बोधन गरे । उनको सम्बोधनले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर महामारी विरूद्धको लडाइँ लड्ने चीनको दृढ निर्णयलाई पूर्णरूपमा दर्शायो । यसले महामारी विरूद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोगको प्रवद्र्धन गर्ने एक प्रमुख देशको रूपमा चीनको दायित्वलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्छ । साथै यसले विश्व अर्थतन्त्रलाई सन्तुलित राख्न समन्वय एवं सहयोग सुदृढ गर्न जी ट्वेन्टीलाई सहयोग गरिरहने चीनको सकारात्मक धारणालाई पूर्णरूपमा उजागर गर्छ । सो बैठकले सकारात्मक परिणाम प्राप्त गर्न एक संयुक्त विज्ञप्ति जारी
गर्यो ।

यो शिखर सम्मेलनको सन्दर्भमा मैले तल उल्लेख चार बुुँदामा निष्कर्ष टुङ्ग्याएको छु,

पहिलो, कोभिड–१९को भयानक उत्पत्तिको परिदृश्यमा राष्ट्रपति सीले यसबाट पार पाउन आत्मविश्वास सुदृढ गर्ने प्रयासहरू एकताबद्ध गर्न विश्वलाई आह्वान गरे । यो महामारीमाथि विजय पाउन आधारभूत मापदण्ड र महामारी रोकथाम तथा नियन्त्रण गर्न महत्वपूर्ण विजयहरू पाउने चीनको आधारभूत अनुभव हो । चीनमा महामारी विरूद्धको लडाइँमा गरिएको व्यवहारले नयाँ कोरोनाभाइरसमाथि विजय प्राप्त गर्न सकिने विषयको पूर्णरूपमा प्रमाण प्रस्तुत गरेको छ । महामारी विरूद्ध विश्वव्यापी लडाइँमा विश्वका दृढ आत्मविश्वासलाई यो स्वयम् सहयोग गरेको छ ।

दोस्रो, राष्ट्रपति सीले चीनले सदैव मित्रतालाई स्मरण गर्ने र प्रोत्साहन गर्ने विषयमा जोड दिए । महामारीविरूद्धको सर्वाधिक कठिन लडाइँको अवधिमा अन्तर्राष्ट्रिय समुदायका धेरै सदस्यहरूले गम्भीर सहयोग र समर्थनको प्रस्ताव प्रस्तुत गरे । हामीले यो मैत्रीपूर्ण व्यवहारलाई सदैव सम्झिने र यसको प्रोत्साहन गर्नेछौं । समर्थन तथा सहयोग सदैव पारस्परिक हुन्छ । जब विश्वमा महामारी फैलियो त्यतिखेर महामारी विरूद्ध चीनको लडाइँ जारी थियो त्यतिखेर चीनले महामारी नियन्त्रण गर्न आवश्यक हुने उपकरण, प्रविधि र विज्ञहरूसहितको सहयोग जापान, दक्षिण कोरिया, इटली र युरोपेली युनियनका गरी करिब एक सय देश र संगठनहरूलाई ग¥यो । चीनले यसरी पु¥याएको समर्थन तथा सहयोगले कुनै जिम्मेवार ठूलो देशले पूरा गर्ने दायित्वलाई पूर्णरूपमा दर्शाउँछ ।

तेस्रो, राष्ट्रपति सीका चार प्रेरणादायी विचारले विश्वभरिका देशहरूको आत्म विश्वासलाई बलियो पारेको छ, महामारी विरूद्धको लडाइँमा हातेमालो गराएको छ र विश्व अर्थतन्त्रलाई सन्तुलित बनाएको छ । यसले चिनियाँ समाधान उपलब्ध गराएको छ र चिनियाँ ज्ञानको योगदान दिएको छ जसमा विशाल सिर्जनशीलता र महत्वपूर्ण निर्देशिका छ । यी विचार र सल्लाहहरूलाई विश्व समुदायले स्वीकार गरे र जीट्वेन्टीको विशेष शिखर सम्मेलनमा जारी गरिएको संयुक्त वक्तव्यमा समावेश गरे ।

चौथो, राष्ट्रपति सीका सम्बोधन मानव जातिका लागि कुनै समुदायको साझा गन्तव्यको महत्वपूर्ण अवधारणा र कुनै जिम्मेवार महाशक्तिजस्तो चीनको दायित्वलाई प्रतिबिम्बित गर्छ । राष्ट्रपति सीले विषाणु ९भाइरस० हरूका लागि कुनै सीमा नहुने भने । महामारी हाम्रा साझा शत्रु हुन् । यस्तोमा कुनै पनि देशलाई एक्लो र स्वतन्त्र भई बसिरहन असम्भव हुन्छ । सबैतर्फ अन्तराष्ट्रिय सहयोग बलियो गरी गए मात्र हामीले महामारीमाथि नियन्त्रण कायम गर्न एक बलियो संयुक्त शक्ति निर्माण गर्न सक्छौ र प्रमुख सरूवा रोग विरूद्धको यो मानव जातिको संघर्षमा मिलेर जित्न सक्ने काम गर्न सक्छौ ।

चीन नयाँ कोरोनाभाइरस विरूद्धको लडाइँको पहिलो चरणको मुख्य रणमैदान हो । महामारी विरूद्धको लडाइँमा प्राप्त भएका उपलब्धि तथा विजयहरूले कम्तीमा तल उल्लेख गरिएका तीन विषयहरूको व्याख्या गर्छन् ।

पहिलो, चिनियाँ चरित्रसहितको समाजवादको विजय हो । चीनले महामारी विरूद्धको जनयुद्धमा १।४ अर्ब जनतालाई सहभागी हुन परिचालित गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीकृत एवं एकीकृत नेतृत्व अन्तर्गत राष्ट्रपति सीले व्यक्तिगतरूपमा योजनालाई निर्देशन र कार्यान्वयन गरेका छन् । चिनियाँ चरित्रको समाजवादको फाइदा, समग्र देशलाई एकताबद्ध भइरहने तथा मिलेर काम गरिरहने मर्म, वैज्ञानिक रोकथामका विधि तथा उपचार र महामारी विरूद्धका ठोस मापदण्डहरू हाम्रा अद्वितीय फाइदाहरू र महामारी नियन्त्रण गरिरहने आधारभूत अनुभव हुन् ।

दोस्रो, राष्ट्रपति सीको मानवजातिका लागि साझा गन्तव्यसहितको कुनै समुदाय निर्माण गरिरहने दृष्टिकोण सही छ । महामारी विरूद्धको वैश्विक लडाईंमा यो पूर्णरूपमा प्रदर्शित भएको र सबै देश तथा अन्तर्राष्ट्रिय संगठनहरूले उच्चरूपमा यसलाई सम्मान गरिएको देखिएको छ । महामारी एक वैश्विक खतरा हो, भाइरस सबै मानवजातिको साझा दुश्मन र सबै देशको साझा जिम्मेवारी यसको रोकथाम तथा नियन्त्रण गर्नु छ । महामारी विरूद्धको लडाइँ जारी रहेको विद्यमान अवस्थामा चीनले आफ्नो क्षमता अनुसार दक्षिण कोरिया, जापान, इरान, इटली, सर्बिया, पाकिस्तान र युरोपेली युनियन समेत गरी करिब एक सय देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई महामारी विरूद्धको लडाइँमा आवश्यक हुने सामाग्री, प्रविधि र विज्ञसमेतको स्रोतसाधन दिएको छ ।

तेस्रो, महामारी विरूद्धको लडाइँमा चीनको आफ्नो लडाइँ अन्य देशको महामारी विरूद्धको लडाइँमा एक सकारात्मक योगदान तथा ठूलो सहयोग हुन्छ ।
सबैभन्दा पहिलो महामारी विरूद्धको लडाइँमा चीनको विजय निसन्देह अन्य देशको महामारी विरूद्धको लडाइँमा तिनका आत्मविश्वासलाई बलियो पारेको छ । नयाँ कोरोनाभाइरसलाई वास्तवमै पराजित गर्न सक्ने विषयलाई यसले पूर्णरूपमा दर्शायो ।

दोस्रो, दुई महिना बढी समयसम्म महामारी विरूद्धको लडाइँमा चीनको अनुभव धेरै समृद्ध, मूल्यवान तथा प्रभावशाली छ र यसका अधिकांश अनुभवहरू अन्य देशहरूमा सोझै प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि निकटतम व्यवस्थापन, जमघटमाथिको कठोर नियन्त्रण, एकान्तवास निरीक्षण, मास्क लगाउनु ,आकस्मिक अस्पतालको स्थापना ९हउशेनशान अस्पताल र लेइशेनशान अस्पताल०, अस्पताल सार्ने, शुरूमै पहिचान, शुरूमै रिपोर्ट, शुरूमै उपचार, जस्ता विषयको व्यवहार अपनाउन सकिन्छ । धेरै देशहरूले यस्तो गरिसकेका छन् र अहिले त्यसको असल नतिजा प्राप्त भएको छ ।

(लेखक,चिनियाँ जनमुक्ति सेनाको सैन्य विज्ञान प्रतिष्ठानका पूर्व उपाध्यक्ष हुन् )

Nabintech