१८ मंसिर २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा विदेशबाट सय भन्दा बढी नागरिक आए


कोहलपुर/ कोहलपुरमा भारत सहित अन्य मुलकबाट सय भन्दा बढी नेपाली आएको खुलेको छ । पछिल्लो चैत्र महिना भित्र ती नेपाली नगरिक कोहलपुर आएका हुन् ।

नेपाल सरकारले लकडाउन घोषण गरेपछि ती नेपाली नागरिक आफनो घरमा आएका हुन् । भारतमा मजदुर गर्न गएका बढी रहेका छन् ।
कोहलपुर नगरपालिकाले प्रत्येक वडाहरुलाई विदेशबाट भएका नागरिकहरुको तथाङक् संकलन गर्न निर्देशन जारी गरेपछि वडा कार्यालयले तथाङक् संकलन गरेको हो ।

नगरपालिका भित्र भारत दुवई माल्दिस कतार मलेशिया फ्रान्स, र भारतबाट आएको तथाङक् उल्लेख गरिएको छ । ती नेपाली नागरिक चैत्र ५,६,८ गते भीत्र आएको पाईएको छ । उनीहरुको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन् ।कोहलपुर नगरपालिकाको १५ वडाहरुमा १ सय १७ जना आएको कोहलपुर नगरपालिकाका कर्मचारीले बताएक छन् ।कोहलपुर नगरपालिकाको ६,७ र ९ वडामा केही पनि विदेश नआएको सम्बन्धी वडा अध्यक्षहरुले बताएका छन् ।

१ नम्वर वडामा १४ जना ,२ नम्वर वडामा १० जना ,३ नम्वर वडामा १३ जना, ५ नम्वर वडामा ८ जना, १० नम्वर वडामा ५, १२ नम्वर वडामा १४ जना, ११ नम्वर वडामा १३ जना लगायत रहेको छ ।

Nabintech