८ माघ २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको राप्ती सोनारीमा नेकपाले आर्थिक कोष स्थापना गर्यो


नेकपा राप्ती सोनारीले आर्थीक कोषको स्थापना गरेको छ । बिश्वमा महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसबाट अति बिपन्न बर्गलाई पर्न जाने असर लाई मध्यनजर गरि राप्ती सोनारीमा नेकपा द्धारा आर्थीक कोषको स्थापना गरिएको छ।सरकारले गरेको लकडाउनको समयमा अति बिपन्न बर्गलाई दैनिक उपभोग्य बस्तु तथा खाद्यान्नको अभाब पर्नसक्ने कुरालाइ मध्य नजर गरेर नेकपा राप्ती सोनारी गाउँ कमिटि र वडा नं ८ को पहलमा आर्थीक कोषको स्थापना गरिएको हो।

नेकपा जिल्ला कमिटि सदस्य तथा ८ नं वडा ईन्चार्ज कमान सिं खनाल वडाअध्यक्ष शालीकराम डाँगी गाउपालिका सदस्य रमेश खनाल,शेर ब.खड्का र उपेन्द्र खड्का तथा टोल कमिटि अध्यक्ष बिष्णु के.सीको विशेष पहलमा आर्थीक कोषको स्थापना गरिएको नेकपा राप्ती सोनारी गाउँपालिका सचिव मनोज के.सीले नयाँ कोर्सलाई जानकारी दिए ।

नेकपा राप्ती सोनारी गाउँ पालिका कमिटीको निर्देशन र सहयोगमा सो कोष स्थापना भएको हो । कोरोना समन्धी सचेतना , माक्स र साबुन बितरण र अति बिपन्न बर्गलाई खाद्यन्न सामाग्री हरु उपलब्ध गराउने उद्देश्यका साथ हाल सम्म सो कोषमा २३ हजार भन्दा बढिी रुपैया जम्मा भएको छ।सम्पुर्ण पार्टी कमिटिका सदस्य शुभ चिन्तकहरुबाट सो रकम उठाईएको हो।

Nabintech