१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सिटीले रियल मड्रिडलाई हरायो, युभेन्टस लियोनसँग स्तब्ध


युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को बुधबार राति भएका पहिलो लेगको रियल मड्रिड र युभेन्टस पराजित भएका छन् ।

म्यान्चेस्टर सिटीविरुद्धको खेलमा रियल मड्रिडले दुई–एक गोल अन्तरले पराजित भयो । खेलको ६०औँ मिनेटमा इस्कोले मड्रिडलाई अग्रता दिलाए पनि धेरैबेर टिक्न सकेन ।

खेलको ७८औँ मिनेटमा ग्याब्रियल जिसस र ८३औँ मिनेटमा केभिन डी ब्रुयनले गोल गर्दै सिटीलाई जित दिलाए ।

बुधबार राति नै भएको अर्काे खेलमा युभेन्टस लियोनसँग एक–शून्य गोल अन्तरले पराजित भएको छ ।

खेलको ३१औँ मिनेटमा लुकास टोउसार्टले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । खेलमा थप हुन नसक्दा त्यही गोल निर्णायक बन्न पुग्यो र युभेन्टस पराजित भयो ।

Nabintech