८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपाले स्वयम सेवक टोलि निर्माण गर्यो

बिपन्नहरुको तथ्याङ्क सहित चामल दाल जस्ता खाद्यान्न बस्तुहरु पनि संकलन गरिने



नेकपा बाँके क्षेत्र नं ३ प्रदेश (क) ले बिपन्न मजदुर बर्गका लागि राहत उपलब्ध गराउन आफ्ना मातहतका १२ वटै वडाका वडा अध्यक्षहरु लाई निर्देशन दिएको छ । आईतवार नेकपा बाँके क्षेत्र नं ३ प्रदेश क कमिटीको बैठकले १२ वटै वडा कमिटिकोे लाई यस्तो निर्देशन दिएको हो ।

बैठकले गाँउ पालिकासंग समन्वय गरि राहात रकम संकलन तथा बितरण गर्न पुर्व मन्त्री दल बहादुर सुनारको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको छ । बैठकले स्थानिय जनताको सबै खाले समस्यामा सहयोगी बन्नका लागि दिपक जि. एमको संयोजकत्वमा स्वयम सेवक समिति निर्माण गरेको क्षेत्रिय ईन्चार्ज नरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

बैठकले बिपन्न मजदुर बर्गमा भोकमरीको समस्या नपरोस भन्नका लागि पार्टीका वडा अध्यक्ष र सचिवलाई बिपन्नहरुको तथ्याङ्क सहित चामल दाल जस्ता खाद्यान्न बस्तुहरु पनि संकलन गर्न निर्देशन दिएको पाण्डेले बताउनुभयो ।
नेकपा प्रदेश क का ईन्चार्ज पाण्डेले बिश्व ब्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण देश पुर्णरुपमा लकडाउन गर्नुपर्ने बाध्यता भएको र बिहान बेलुका कामगरिखाने गरिब तथा मज्दुर बर्गमा भोकमरीको समस्या देखापर्न थालेपछि पार्टीले अन्तरीक रुपमा सहयोग सकलन गरि गाउँ पालिकाको समन्वयमा बितरण गर्न अभियान थालेको बताउनु भयो ।
बैठकमा क्षेत्रिय ईन्चार्ज नरेन्द्र पाण्डे जेम्स , पुर्व मन्त्री दल बहादुर सुनार , दिपेन्द्र शाह , क्षेत्रिय संयोजक गुमान बहादुर दमाई , सचिव देव बहादुर रावत , बैजनाथ गाँउ पालिका ईन्चार्ज दल सिह नाथ योगी , सह ईच्चार्ज दिपक जि एम , बैजनाथ गाउ पालिका अध्यक्ष चन्द्र बहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।

Nabintech