६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
के हुन्छ कोरोना प्रभाबितको नाममा संकलित रकम ?

व्यक्तिगत रुपमा राहात संकलन र बितरण गर्न नपाउने



जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना महामारिका कारण प्रभाबित व्यक्तिहरुलाई व्यक्तिगत रुपमा राहात बितरण गर्न नपाउने निर्णय गरेको छ । आईतवार भएको सबर्वपक्षिय बैठकले राहात बितरणमा एक द्धारा प्रणाली अपनाउदै व्यक्तिगत वा अन्य तरिकाले राहात बितरण गर्न नपाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बाकेले यस्तो निर्णय गरेको भएपनि पिडीतका नाममा राहात कोष भन्दै रकम संकलनको काम चलिरहेको छ ।

बैठकमा सहभागि नेपाल पत्रकार महाँसघ बाँकेका अध्यक्ष ठाकुर सिह थारुले गाउँ पालिका र नगरपालिकाहरुले राहत रकम संकलन र बितरण गर्न सक्ने निर्णय गरेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय गनु पुर्व, प्रदेश साँसद एंव नेकपा नेतृ कृष्णा केसी (नमुना)ले कोभिड १९ राहात कोषको घोषणा गरिन् । सांसद केसीले आफुले ५० हजार जम्मा गरेको र थप सहयोग गर्न सार्वजनिक अपिल गरिन् । संसद केसीको अपिललाई समथन गदै झण्डै १ दर्जन मानिसले सो कोषमा रकम जम्मा गर्ने घोषणा गरे । हाल सो राहात कोषमा झण्डै ५ लाख बारावर रकम जम्मा भएको छ ।

यस्तै जिल्ला समन्वय समिति बाँकेका पुर्व कर्मचारी मिन बहादुर मल्लले बिपन्न समुदाय लाई सहयोग गर्ने घोषणा गरे । सो अभियानमा बिभिन्न व्यक्तिहरुले सो कोषमा भण्डै २ लाख सहयोग रकम जुटेको छ । गरिब र कृषि मजदुरको तथ्याङ्क संकलन गरेर सहयोग गरिने बताईएको छ । आईतवार दिउसो सम्म यि कोषहरुमा राहात रकम जुटने क्रम जारी थियो । यस अघि नेपालगन्जका केही मुस्लिम अगुवाहरुको पहलमा उपमहानगर भित्रका चार सय विपन्न परिवारलाई मुस्लिम समाजको तर्फबाट घरघरमा पुगेर खाद्यान्न वितरण गरे । कोरोना भित्रिने डरले गरिएको लकडाउनका कारण गरिव, मजदुर, असहाय र भाडामा बस्दै आएका सबै धर्म र समुदायका सर्वसाधारणलाई खानपिनमा समस्या हुन थालेपछि घरघरमै पुगेर खाद्यान्न वितरण गरेका हुन । शनिवार सो समाजले वडा नम्बर १, इन्द्रपुर गाउँ, घरबारी टोल, गगनगन्ज, पिपल चौतारा, धम्बोझी खजुरारोड र वाटरपार्क क्षेत्रमा खाद्यान्न वितरण गरेको थियो । वितरण गरिएको खाद्यान्नमा प्रतिपरिवार १० किलो चामल, १ किलो चिनि, १ किलो नुन, १ किलो दाल, आधा लिटर तेल र साबुन रहेको छ ।मुस्लिम समाजका अगुवा मो. हारुन हलवाईले नगरभित्रका सातसय विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको जनाउँदै थप तीन सय परिवारलाई पनि वितरण गरिने बताए ।
स्थानिय प्रशासनको निर्णय संगै ति राहात कोष कसरी परिचालन हुने भन्ने अन्यौलता बढेको छ ।

Nabintech