६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको सुरक्षा व्यवस्था अझै कडा हुने


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले मानिसहरु भीडभाड हुने चोक तथा ठाउँहरुमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालय नेपालगञ्जमा बसेको बैठकले कर्मचारी तथा कामदारहरुलाई आफ्नो घर जान अनुमित दिने निर्णय गरेको हो ।

स्थानीय पालिकाका जनप्रतिनिधिसमेत सहभागी बैठकमा १४ दिन यता भारत तथा तेस्रो मुलुकबाट आएका नेपालीहरुको स्थानीय तहले स्पष्ट अभिलेख राख्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन निर्देशन दिने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले नयाँ कोर्सलाई जानकारी दिए । त्यस्तै, स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुलाई तयारी अवस्थामा रहन बैठकले निर्देशन दिएको छ ।

Nabintech