१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आर्थिक प्याकेज घोषणा गर्दै सरकार,लकडाउन दुई साता लम्बिने सम्भावना


काठमाडौँ/ कोरोना संक्रमण नियन्त्रण लगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले दैनिक ज्यालादारीबाट जिविको पार्जन गर्ने मजदुर, उद्योगी व्यवसायीका लागि प्याकेजको घोषणा गर्नेछ। बैठकले एक सय ५० यूनिटसम्म बिजुलीमा २० प्रतिशत छुटको समेत घोषणा गर्दै छ ।

त्यस्तै सरकारले लक डाउनको अवधि लम्ब्याउने तयारी गरेको छ। चैत ११ गतेदेखि एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सोमबार९भालि० सकिने भएपछि कोभिड १९ को संक्रमणबाट बच्न सरकारले लक डाउननको अवधि थप्ने भएको हो।
लक डाउनको अवधि थप्न गर्नेलगायका विषयमा निर्णय गर्न आइतबार दिउँसो उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्च स्तरीय समन्वयन समितिको बैठक राखिएको छ। कम्तीमा दुई साता लकडाउन लम्बिने सम्भावना छ ।

Nabintech