६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश पाँचमा एक हजार एक सय ७१ क्वारेण्टाइन र चार सय ६८ आइसोलेसनश


कोरोना भाइरसको रोकथाम र फैलिन नदिन प्रदेश सरकारहरु निकै व्यवस्थित बन्दै गएका छन् । आर्थिक संकलन गर्नेदेखि क्वारेण्टाइन र आइसोलेसन ठाउँहरु निर्माण गरेका छन् ।
प्रदेश एकले २०८१ वटा क्वारेण्टाइन र २५४ वटा आइसोलेसन बनाएको बताएको छ । त्यस्दै प्रदेश दुईले सात सय ९९ क्वारेण्टाइन र आठ सय ६० आइसोलेसन बनाएको छ ।

प्रदेश पाँचले एक हजार एक सय ७१ क्वारेण्टाइन र चार सय ६८ आइसोलेसन, कर्णालीले एक हजार एक सय ७२ क्वारेण्टाइन र दुई सय १० आइसोलेसन बनाएको बताएको छ । त्यस्तै सुदूर पश्चिम प्रदेशले दुई हजार २० क्वारेण्टाइन र दुई सय ६९ वटा आइसोलेसन बनाएको छ ।
बाग्मतीले क्वारेण्टाइन तीन हजार एक सय २५ क्वारेण्टाइन र सात सय ४२ आइसोलेसन बनाएको
छ ।

गण्डकीले पाँच सय क्वारेण्टाइन र चार हजार एक सय सात आइसोलेशन बनाएको छ । क्वारेण्टाइन र आइसोलेसनमा राख्ने र हिंड्ने क्रम दिनदिनै घटबढ हुने प्रदेश कार्यालयहरुले जनाएका छन् ।

Nabintech