९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बढि मुल्य लिने कोहलपुरका दुई तरकारी पसललाई कारवाही


कोरोना भाईरसका कारण सरकारले लकडाउन गरिरहेको बेला तरकारीमा बढी मूल्य लिने कोहलपुरका २ तरकारी पसल कारवाहीमा परेकाछन् । कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुको नेतृत्वमा गएको बजार अनुगमन टोलिले अनुगमनका क्रममा बढी मूल्यमा तरकारी बेचेको भेटिएकोले दुईवटा तरकारी पसललाई कार्वाही गरिएको नयाँ कोर्सलाई जानकारी दियो ।
कार्वाही पर्नेमा रेग्मी तरकारी फलफुल पसल र भाट तरकारी तथा फलफुल पसल रहेका छन । रेग्मी तरकारी पसललाई २० हजार र भाट तरकारी पसललाई ५० हजार जरिवाना समेत तोकिएको उपप्रमूख चौधरीले बताईन ।
उपप्रमुखको संयोजत्वमा छड्के बजार अनुगमा वाणिज्य कार्यालयको प्रमुख, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष बसन्त गौतम, कोहलपुर नगरपालिकाका कर्मचारी बिर बहादुर बि.क लगायतको सहभागिता रहेको थियो ।

Nabintech