९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दिनभर काम गरेर बिहान बेलुका हात मुख जोड्ने श्रमजीवी मजदुर रोगले होईन भोगले मर्ने चिन्ता छ सरकार


अहिले बिस्वभर फैलिएको कोबिड (कोरोना भाइरस )को महामारीले विश्व समुदाय लाई गम्भीर रुपमा चुनौती दिइरहेको छ।उपचारको बिस्वसनिय विकल्पको आबिस्कार भइ नसकेको बर्तमान यस रोगको उपचारबाट जोगिन पुर्व सतर्कता अपनाउनु सबैका लागि मुख्य कुरा मानिन्छ । आजको मिति सम्म दुनियाँको कतिपय देशको तुलनामा हाम्रो देशमा यसको प्रकोप कम देखिएको छ । तै पनि नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ भन्ने विश्व स्वास्थ्य संगठनको ठहर छ ।
यसले हामी नेपालीहरु लाई दिएको सन्देश उच्च सतर्कता र तयारीमा रहु भन्ने हो । यसै क्रममा उच्च सतर्कता र तयारीमा रहने त भन्यो सरकार तर कसरी रहने भन्ने पुर्ब सूचना पनि पर्याप्त थिएन ।त्यसलाई पनि सकारात्मक लियौ । यस्तो समयमा हामी सबै प्रभावित छौ र स्वाभाविक पनि हो ।तर सबै भन्दा बढी प्रभावित दिनभरी काम गरेर बिहान साझ हात मुख जोड्ने श्रमजीवी मजदुरहरु रहेका छन।यिनिहरु बिहान ६ बजे मुखमा पानी छम्केर आखा मिज्दै महानगर,उपमहानगर ,र नगर लगायत छोटो तथा लामो दुरिका सार्बजनिक यातायातमा काम गर्ने मजदुरहरु, दिन भरी इट्टा डुङ्गा माटो उठाउने ज्यामी मजदुरहरु, उद्योग कलकारखाना सडक निर्माण तथा अन्य सेवा मुलक काम गर्ने मजदुरहरु ले दिनभरी काम गरेर साझ घर जादा द्धण्ण्र छण्ण् लिएर आफ्नो परिवारको चुलो बालेर हात मुख जोड्ने मजदुर हरुको हालत के होला यिनी त उदाहरण मात्रै दिएको हु ।
एक चोटि गम्भीर भएर सोचौ त हामी सबै ले । फेरि कम्युनिस्ट पार्टीको सरकार त्यो पनि दुई तिहाईको।भोट माग्न जादा जसरी संसारका मजदुर एक हौ। कम्युनिस्ट पार्टी भनेको सर्बारा श्रमजीवीको हो हामीले जितिउ भने हाम्रो पहिलो ध्यान मजदुर बर्गमा हुन्छ,भन्ने हाम्रै पार्टीका आदरणीय नेता तथा अध्यक्ष के.पि.कमरेडको नेतृत्वको सरकार छ ।
अहिले मजदुरको पीडा बुझ्न जरुरी छ। म विनम्रता पुर्बक आग्रह गर्न चाहन्छु । पहिला सुरुमा यस्ता मजदुरहरुको पहिचान गरि तुरुन्तै केन्द्रिय सरकारले राहत निर्णय गरि स्थानीय सरकारलाई निर्देशन गरोस, र स्थानीय सरकारले तत्काल राहत कोष खडा गरि यस्ता श्रमजीवी मजदुरहरुको बिहान बेलुका हातमुख जोड्ने वातावरण बनाउस । अहिलेको परिस्थितिमा सरकारले भन्ने गरेको छ,भित्र बस्नोस बाहिर निस्के रोगले मरिन्छ। म भन्छु रोगले मात्रै होइन। भोगले पनि मरिन्छ।त्यसैले सरकारको छिटोभन्दा छिटो सरकारको ध्यान जाहोस । मजदुरहरु को अवस्था एकदम नाजुक भैसकेको छ र श्रमजीवी मजदुर हरु लाई पहिलो कुरा बिहान बेलुका हात मुख जोड्ने ब्यवस्था गर दोस्रो अरुको घर भाडामा बस्ने मजदुर हरुलाइ घरबेटि हरु लाई भनेर कम्तीमा कामकाज नखुलम्जेल सम्म को घर भाडा मिनाहा गर्न आग्रह पनि गर्दछु । अन्त्यमा सम्पूर्ण आमा बुबा दाजु भाइ तथा दिदीबहिनी हरुमा मेरो अनुरोध यो छ, कि कोरोना भाइरसको सक्रमण बाट जोगिन आफुले नियमित रुपमा साबुन पानी हात धुऔ ।गुणस्तरीय सेनिटाइजरले हात सफा गरौ ।माक्स प्रयोग अनिवार्य गरौ । भिडभाडमा नजाउ खोकी या हाछ्यु लागेमा कुहिनो या टिस्यु पेपरले मुख ढोकौं अन्य ब्यक्ति सङ कम्तिमा तीन फिटको फरकमा बसौ लगायत सतर्कताका तरिका अपनाऔ र आफू पनि बचौ अरु लाई पनि बचाऔ ।

Nabintech