६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा क्षेत्र नं १ बाँके कोरोना विरुद्ध युद्ध स्तरमा जुट्यो


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नं १ बाँकेको दोस्रो पुर्णकालिन भिडियो कन्फ्रेन्स बैठक सम्पन्न भएको छ । भिडियो कन्फ्रेन्स बैठकले बाके क्षेत्र नम्बर १ मा अति विपन्न व्यत्तिको नामावली संकलन गरी खाद्यान्न सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले यसकालागि पार्टीमा संगठित ४ हजार सदस्यहरुबाट सहयोग संकलन गर्ने निर्णय गरेको क्षेत्रिय अध्यक्ष सूर्य ढकालले नयाँ कोर्सलाई बताउँनुभयो । नेता ढकालले सामाजिक सञ्जालसँग जोडिएका नेता कार्यकर्ताहरुलाई बाहिर देखा परेका कुनै पनि अफवाह माथि विश्वास नगर्न आग्रह गर्दै आफु र आफनो समुदाय,परिवार,गाँउ बचाउने अभिभारा नेकपाको नेता कार्यकर्ताको काँधमा आएको भन्दै प्रत्येक दुई घण्टामा साबुन पानीले हात धुन,धुन सिकाउन र घरमा बस्दा, साथी भाई सँग बस्दा कम्तिमा तिन मिटर दूरी कायम राख्न बैठकले निर्णय गरेको बताउनु भयो ।

Nabintech