६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा तिन दर्जन क्षमताको क्वारेन्टाइन निर्माण हुने


कोहलपुरमा तिन दर्जन क्षमताको क्वारेन्टाइन निर्माण हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा बसेको सर्बदलिय,सर्बपक्षिय बैठकले सो निर्णय गरेको हो ।

बैठकले कोहलपुर नगरमा रहेका खाद्यान्न थोक बिक्रेताले गाडिमा ब्यानरको ब्यबस्था सहित गाउँ गाउँ टोल टोलमा रहेका खाद्यान्न खुद्रा बिक्रेतालाई डेलिभरिकालागि कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरलाई जिम्मेवारी तोकेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारीले बताए ।
कोहलपुर नगर पालिकाका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको बैठकले पशु तथा पशुपन्क्षिकालागि प्रत्येक दिन दानाको १ गाडि डेलिभरिका लागि नगरभरि घुम्ति सेवाको रुपमा राख्ने,दुुध,ग्यास,पानीकालागि ब्यवसायीलाई सहज आवागमन गर्न दिने निर्णय भएको छ ।
बैदेशिक रोजगारिबाट आउने नगर भित्र कुनै वार्डका बासिन्दा भएमा नगर पालिकामा सम्पर्क गर्ने,कोरोना भाईरस सङ्ग मिल्दोजुल्दो लक्षण नगर बासिमा देखा परेमा शुरुमा कोहलपुर स्वास्थ्य चौकिमा सम्पर्क गर्ने निर्णय भएको नेकपाका प्रतिनिधी तुलाराज बिष्ट बिहानिले जानकारी दिए ।

Nabintech