६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाको कहर :  बिपन्न मज्दुरहरुको गाँसको ब्यवस्था गर्न नेकपा कोहलपुरले काम थाल्यो


 

नेकपा कोहलपुरले बिपन्न मज्दुर बर्गका लागि राहत उपलब्ध गराउन आफ्ना मातहतका १५ वटै वडाका वडा अध्यक्षहरु लाई निर्देशन दिएको छ । श्ुक्रबार नेकपा कोहलपुर नगरकमिटीले १५ वटै वडा कमिटिमा सर्कुलर जारी गरि यस्तो निर्देशन दिएको हो ।
बिपन्न मज्दुर बर्गमा भोकमरीको समस्या नपरोस भन्नका लागि पार्टीका वडा अध्यक्ष र सचिवलाई बिपन्नहरुको तथ्याङ्क सहित चामल दाल जस्ता खाद्यान्न बस्तुहरु पनि संकलन गर्ने निर्देशन दिएको नेकपा कोहलपुर अध्यक्ष बशन्ती अधिकारीले नयाँ कोर्सलाई जानकारी दिनुभयो । सबै वडा बाट संकलन गरिएको खाद्यान्न बस्तु वडा पार्टीले वडामै सरकारका वडा अध्यक्षको रोहवरमा बितरण गर्ने र तथ्याङ्क स्थानिय सरकार कोहपुर नगरपालिकालाई उपलब्ध गराउने तथा राहत उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको उहाले बताउनु भयो ।
नेकपा प्रदेश ख का ईन्चार्ज नरेन्द्र न्यौपानेले बिश्व ब्यापीरुपमा फैलिएको कोरोना भाईरसका कारण देश पुर्णरुपमा लकडाउन गर्नुपर्ने बाध्यता भएको र बिहान बेलुका कामगरिखाने गरिब तथा मज्दुर बर्गमा भोकमरीको समस्या देखापर्न थालेपछि पार्टीले यस्तो अभियान थालेको बताउनु भयो ।
उहाले राहत र तथ्याङ्क संकलनका साथै कोरोना भाईरस
( कोभिड १९ ) का बारेमा बच्न सचेतनामुलक जानकारी समेत गराउन निर्देशन रहेको बताउनु भयो ।
पार्टीले निर्देशन दिएपछि आज बिहानै देखि सुरक्षित तवरले राहत र बिपन्न मज्दुर बर्गको तथ्याङ्क संकलन गर्न लागिपरेको नेकपा वडा नं ५ का वडा अध्यक्ष तिलक सिंह कार्कीले बताउनु भयो । उहाका अनुसार थोरै संख्यामा भिडभाड नगरि सुरक्षित तवरले राहत र तथ्याङ्क संकलन गर्न वडा मातहतका नेकपाका टोल कमिटीका अध्यक्ष र सचिव लाई परिचालन गरिएको जनकारी दिनु भयो ।
यस्तै पार्टीले दिएको अभियानको जिम्मेवारी पुरागर्न वडा नं १ परिचालित भएको नेकपाका वडा नं १ का अध्यक्ष बद्री प्रसाद जैसीले जानकारी दिनुभयो ।
लकडाउनको अवस्थामा बिपन्न मज्दुरहरु चरम संकटमा पर्ने अवस्था देखिएकोले नेकपा कोहलपुरका सबै वडाहरुमा राहत र तथ्याङ्क संकलनमा नेकपाका कार्यकर्ताहरु लागिरहेको नेकपा कोहलपुरका सचिव तुलाराज बिष्टले बताउनु भयो । हिजो मात्र यस नयाँ कोर्स अनलाईनमा बिपन्न मज्दुर बर्गमा भोकमरीको समस्या देखा पर्न लागेको बारेमा सामाचार सम्प्रेशण भएको थियो ।

Nabintech