६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगञ्ज विमान स्थलमा ८० मिटर पर चिप्लियो नेपाल एरलाइन्सको जहाज

चालक दलका पाँच जना सदस्यहरु सकुशल



 

काठमाण्डौंबाट कोरोना संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री बोकेर नेपालगञ्ज उडेको नेपाल एरलाइन्सको जहाज नेपालगञ्ज विमान स्थलमा ल्यान्ड गर्दा दुर्घटनामा परेको छ ।
चालक दलका ५ सदस्य सहित कोरोना संक्रमणको उपचारलागि आवश्यक पर्ने सामाग्री बोकेर नेपालगञ्ज उडेको नेपाल एरलाइन्सको जहाज आज विहान ११ः३२ मिनेटको समयमा ल्यान्ड गर्नै क्रममा रनवेबाट चिप्लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख विर बहादुर ओलिले नयाँ कोर्सलाई बताए ।
प्रहरी प्रमुख ओलिका अनुसार चालक दलका पाँच जना सदस्यहरु सकुशल रहेका छन् । जहाज ल्यान्ड गर्दा रनवेबाट करिव ८० मिटर पर चिप्लिएको छ ।
केति कारणले जहान दुर्घटना भएको त्यसका बारेमा थप छानविन गरिने नागरकि उड्यन प्राधिकरणले जनाएको छ । जहाजमा रहेको कोरोना संक्रमणको उपचार लागि आवश्यक पर्ने सामाग्री पनि सुरक्षित रहेको छ ।

Nabintech