६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, कस्ले कति दिए (सूची सहित)


 

काठमाडौं /  कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि सरकारले बनाएको कोरोना विशेष कोषमा हिजोसम्म १५ करोड ३१ लाख तीन हजार २२२ रुपैयाँ जम्मा भएको छ ।

शुक्रवार दिउँसो ३ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि एक लाख भन्दा माथि सहयोग गर्ने १० वटा र एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न संघसंस्थाबाट गरी सो रकम जम्मा भएको हो । यो सरकारले जम्मा गरेको ५० करोड बाहेकको रकम हो ।

Nabintech