११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बघौडाबासीले प्रदेश मन्त्री हिमाल र सांसद नमुनासंग उज्यालोको खुशी साटे


बाँके जिल्लाको कर्णाली प्रदेशका रुपमा चिनिने राप्तीसोनारी र नरैनापुरबासीले उज्यालो पर्व तिहारका अवसरमा पहिलो पटक बिजुली उपभोग गर्न पाएकोमा खुशि व्यक्त गरेका छन ।
तिहार लगतै सो क्षेत्रमा समग्र बिकासको सम्भावना बारे अन्र्तक्रिया गर्न पुगेको लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमाल,सोही क्षेत्रकी प्रदेश सांसद कृष्णा केसी नमुना संग उनिहरुले यस पटकको तिहार आफुहरुका लागी ऐतिहासीक भएको सुनाए । तेलको बत्ति दियोको भरमा दिपावली गरेका उनिहरुले यसपटक बिजुली बत्तिको सहयोगले घर नै उज्यालो बनाउन पाउदा निकै खुसी भएको बताएको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी दिईन ।
बिजुलीको पोल गाडेको झण्डै दुई दशक पछि राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिधुत सेवा पुर्याउन सफल भएको सांसद केसीले जानकारी दिईन । पछिल्लो २ बर्षमा कोरोनाको कहरका बिच पनि बिधुत बिस्तारको कामले निरन्तरता पाएको थियो ।
राप्ती सोनारी वडा नं ६ का वडा अध्यक्ष राम लखन थारुले बिजुलिको उपभोग गर्न पाउदा जनता निकै खुसी भएको बताए ।उनले बिधुत सेवा पति कृषि उपज उत्पादनका सिचाई लगायतका कममा पनि सहज भएको उनको भनाई थियो ।
प्रदेशको मन्त्री भएपछि बाँके र बर्दियाका ग्रमिण जनता संग अन्र्तक्रिया गदै हिडेका लुम्बिनी प्रदेशका मन्त्री तिलक शर्मा हिमालले माओवादी नेतृत्वमा बिधुत क्षेत्रमा ऐतिहासीक परिर्वतन आएको बताउदै अव बिपन्न जनताले निशुल्क बिधुत उपभोग गर्न पाउने बताए । उनले माओवादी कै नेतृत्वमा १८ घन्टा सम्म हुने लोड सेडिङ अत्य भएको बताउदै अव बिपन्न व्यक्ति न्युनतम मासिक ३० रुपैयामा बिधुत सेवा उपभोग गर्न पाउने गरि व्यवस्था मिलाईएको बताए ।
मन्त्रि हिमाल, सांसद नमुना र माओवादी केन्द्रका नेता प्रकाश सुबेदी चन्द्रकान्त सहितको टोलिले राप्ती सोनारी नरैनापुर क्षेत्रको बिकास लागि आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । उनिहरुले सो क्षेत्रको सिमा नाकाको समेत अवलोकन गरेका थिए ।
नरैनापुर बाट अघैया जोडनेसडक,राप्ती नदि लगायतका साहायाक खोला लाई तटबन्ध, औद्योगिक ग्राम , ईलाका प्रहरी कार्यालय नरैनापुर , भोजभगाजान पुरको स्तरउन्नती , पर्यटन क्षेत्रको समग्र बिकास बारेमा ठोस पहल गर्ने मन्त्रि सहितको प्रतिबद्धता जनाएको सांसद कृष्णा केसी नमुनाले जानकारी दिईन ।

 

Nabintech