११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एमालेको नवनिर्वाचित के.सी. नेतृत्वको राप्ती सोनारी गाउँपालिका कमिटिले सपद ग्रहण गरयो


नेकपा एमाले राप्ती सोनारी गाउँपालिकाको नवनिर्बाचित कमिटीले पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ ।                         
नेकपा एमाले राप्ती सोनारी गाउँपालिका कमिटीका नबनिर्बाचित अध्यक्ष मनोज के.सी.को नेतृत्वमा सर्वसम्मत तरिकाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य मो.हारुन हलुवाईले एक कार्यक्रमकाबीच पद तथा गोपनियताको सपद ग्रहण गराएका हुन । केन्द्रिय सदस्य हलुवाईले सपदग्रहणसँगै पार्टीेको पक्षमा लाग्न र जनतामाझ जोडिन निर्देशन दिएका थिए ।
सपद ग्रहण कार्यक्रममा संविधान सभाका सदस्य तथा एमालेका नेता देवराज भार,एमाले बाँकेका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सुर्य ढकाल,प्रदेश कमिटी सदस्य रामदास थारु र एमाले बाँकेका सचिव रत्न खत्रीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै जनताको पक्षमा कामगरि राप्ती सोनारीका जनताहरुको मन जित्ने गरी अगाडी बढ्न आग्रह गरेका थिए ।

Nabintech