११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
६ महिना भित्र भुमिहीनलाई पुर्जा बितरण गर्छौं : माओवादी नेता थारु


अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतवार कोहलपुरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव संगठनका ईन्चार्ज सन्तु कुमार थारुले सुकुम्बासीको समस्या माओवादी पार्टीले मात्रै समाधान गर्ने बताए । उनले माओवादी भुमिहीन सुकुम्बासी र अव्यवस्थीत वसोवासीहरुको पार्टी भएको भन्दै आगामी ६ महिना भित्र सम्पुर्ण भुमिहीनको लागत संकलन गरि जग्गा बितरण गरि सक्ने बताए ।
कार्यक्रममा माओवादी नेतृ पुर्णा कुमारी सुबेदीले आगामी निर्वाचन अघि नै भुमिहीन सुकुम्वासी र अव्यवस्थीत बासोवासीको हातमा हातमा पुर्जा बितरण गरिने बताईन । उनले गठबन्धन सरकारमा भुमिसुधार मन्त्रालय माओवादीको भागमा रहेको भन्दै भुमि सुधारलाई मौलिक हकका रुपमा रहेकाले सबै भुमिहीनलाई एक पटक राज्यले निशुल्क जग्गा दिने बताईन ।
अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले बास्तबिक भुमिहिनले जग्गा पाउने गरि भुमिऐनको संसोधन गरि छिटो भन्दा छिटो जग्गा बितरण गर्ने गरि काम भई रहेको बताए । उनले भुमि आयोगमा भुमिहीन सुकुम्वासी र अव्यवस्थीत बसोवासीको समेत प्रतिनिधीत्व गराएर काम गर्ने तयारी भई रहेको जानकारी दिए । सो बारेमा मन्त्रालय र आयोगका पदाधिकारी संग छलफल भई रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपि खरेलले माओवादी पार्टी मात्रै भुमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने बताए ।
माओवादी केन्द्रका युवा नेता नेरेन्द्र न्यौपानेले कोहलपुरको स्थानिय सरकारले भुमिहनको समस्या समाधान गर्ने भन्दा बल्झाउन तर्फ लागेको बताए । उनले बास्तबिक भुमिहीनको पहिचान गर्ने र अबिलम्ब पुर्जा बितरण गर्ने तर्फ ध्यान दिनु पर्ने बताए । उनले कोहलपुरका भुमिहनलाई स्थानिय सरकारले दोस्रो दर्जाको नगरिक सरह व्यवहार गरेको बताए । उनले भुमिहिनहरुको व्यक्तिगत घटना दर्ता समेत नगरीदिएर राज्यले अमानबिय व्यवहार गरेको बताए । उनले स्थानिय सरकारले व्यक्तिगत घटना दर्ता गरेर भुमिहीनको पुन लागत संकलन गरी बास्तबिक भुमिहनलाई लाल पुर्जा बितरण गनु पर्ने धारणा राखे ।

यसैगरी नेकपा माओवादी केन्द्रकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य उषा पुनले देशैभरीका भुमिहनको समस्या समाधान समाधानमा जुटि रहेको बताउदै भुमिहनको समस्या समाधान समाधान नेकपा माओवादी समेतको गठबन्धन सरकारले गर्ने विश्वास व्यक्त गरिन ।
भेलाले तिलक राज सिजापतिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्य समिती चएन गरेको छ । जसको बरिष्ट उपाध्यक्षमा अर्जुन कार्की , उपाध्यक्षमा भिम बहादुर भारती , सकुन्तला परियार , सचिवमा टिकाराम परियार कोषाध्यक्ष झुपलाल रावल रहेका छन ।

 

Nabintech