११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सबैखाले विभेद बिरुद्ध क्रान्तिकारी महिलाको ४ महिने अभियान


कोहलपुर / अखिल नेपाल महिला संघ (क्रन्तिकारी) बाँकेले ४ महिने अभियान सञ्चालन गर्ने भएको ।
संगठनको १२ औं पुर्ण बैठकले ४ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान अन्तरगत संगठन निर्माणका साथै समाजीक कुरिती र महिला तथा बाल बालिका बिरुद्ध हुने बिभेद बिरुद्ध संगठिनले आवाज उठाउने अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य एंव संबिधान सभा सदस्य अन्जना चौधरीले बताईन ।
महिला भएकै कारण हुने बिभेद र महिलाहरुको समान अवसर र सहभागिता बारे संगठित आवाज उठाईने चौधरीले बताईन ।
संघकी अध्यक्ष फणा शर्माको अध्यक्षतामा भएको बैठमा बोल्दै संघकी बाँके ईन्चार्ज रेणुका खडकाले अखिल नेपाल महिला संघ क्रान्तिकारी अव सबैखाले बिकृती बिरुद्ध अग्र मोर्चामा खटिने बताईन । उनले आवाज विहिन महिला लागायत सबैखाले हिंसा रोक्न नसकिने भएकाले अभियान अन्र्तगत हजारौं महिलालाई संगठित गरिने जानकारी दिईन ।
कार्यक्रममा अखिल नेपाल किसान महाँसघ क्रान्तिकारी केन्द्रीय सदस्य जानुका क्षेत्री , अखिल नेपाल महिला संघकी लुम्बीनी प्रदेश सदस्य प्रेमा शाही लगायतले अभियान बारे बोलेका थिए ।
संबिधान प्रदत महिला अधिकार कार्यान्वयन हाम्रो अभियान ,एकताबद्ध महिला संगठन सुद्धढ बिस्तार र महिला जागरण अभियान अन्तर्गगत हरेक पालिकामा ज्ञापन पत्र बुझाएर अभियानको सुरुवात गरिने बताईको छ ।

Nabintech