११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
महान शहीद क. सुरेश वाग्ले ‘वासु’ – आत्मसमर्पण नगरेका कारण जसको हत्या गरियो


जनयुद्धको क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले ‘वासु’ को जन्म गोरखाको आँपपिपल गा.वि.स. ५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं.२०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखबाट भएको थियो ।

गरीब किसान परिवारमा जन्मिएका क। सुरेश बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका हुनुहुन्थ्यो । ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ गएका क। वासुले त्यही मामा घरमै बसेर साँहिला हजुरबा श्री गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हासिल गरेका गर्नुभएको थियो ।

पछि वि.सं. २०२४ सालमा काठमाडौंमा आएर रानीपोखरीस्थित भानु मा।वि। बाट कक्षा ८ मा मध्यमा द्वितीय श्रेणीमा उत्तीर्ण गर्नुभयो । त्यसैगरी रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि। सं। २०२८ सालमा वाल्मीकि क्याम्पसबाट उत्तर मध्यमा र वि. सं. २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रुपमा पूरा गर्नुभएको थियो ।

त्यसैक्रममा वि. सं. २०२७ सालबाटै उहाँ नेपाल र नेपालीको मुक्तिका लागि र देशीय सामन्तवादी, संशोधनवादी पुँजीवादी शासकहरु, स्वतन्त्र राष्ट्रको सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गर्ने भारतीय विस्तारवादी शासकवर्ग र अमेरिकी साम्राज्यवादका विरुद्ध लड्ने एकमात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीप्रति आकर्षित पुग्नुभएको थियो ।

त्यतिबेलै उनले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, कम्युनिस्ट घोषणा पत्र, मार्क्सवादी शिक्षा र लेनिनका क्रान्तिकारी ग्रन्थहरुको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरुको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा दौडाई सक्नुभएको थियो । सृजनशील क्षमता र सहि विश्लेषण गर्न सक्ने तागत भएका क। वाग्ले विद्यार्थी अवस्था देखि क्रान्तिकारी संगठन ९गण्डकी विद्यार्थी परिषद्० मा आबद्ध भई त्यसको सचिव समेत हुनुभएको थियो ।

उहाँले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र ‘लालुपाते’मा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेख समेत छपाउनुभएको थियो । वि.सं.२०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि. सं.२०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता मा। वि। मा शिक्षण पेशामा आबद्ध भएता पनि क। वाग्ले तत्कालीन ने।क।पा। मा आबद्ध भइसक्नु भएको थियो ।

उहाँ नै आँपपीपल क्षेत्रमा कम्युनिस्टहरुको बीजारोपण गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ । वि. सं. २०३४ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका वाग्ले तत्कालीन शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव पदमा रहेर कार्य गर्नुभएका वाग्ले वि। सं। २०३६ सालमा गोरखामा क्रान्तिकारी शिक्षकहरूको नेता बनिसक्नुभएको थियो ।

वि. सं. २०३५/३६ साल तिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति मा।वि। मा सरुवा भएका क। सुरेश वाग्लेसँग त्यहाँ टुकनाथ अधिकारी, तुलसी खनाल, विन्देश्री यादव, ऋषि अधिकारी आदि शिक्षकहरू कार्यरत हुनुहन्थ्यो । दिउँसो उहाँहरु विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडि बढाउँदै बिहान र बेलुका स्थानीय जनतालाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउदै गरीब र निमुखाको राज्य ल्याउने मार्क्सवादी शिक्षाले प्रशिक्षित र संगठित गर्दै लैजानुहुन्थ्यो ।

उहाँहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई पञ्चायतका भरौटेहरुले देखिसहेनन् । अनेक बहना बनाएर यी संगठित शिक्षकहरुलाई पञ्चका भरौटेबाट षड्यन्त्रमूलक ढंगले तितरबितर बनाइयो । क। वाग्ले पुनस् जनता मा. वि. आँपपीपलमै सरुवा हुनुभयो । त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पीडा र यातना दिइयो ।

कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी (अखिल) विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २/३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुण्डा लगाएर पिटाउने, खेद्ने जस्ता अत्यन्तै बर्बर दमन गरियो । पीडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडि बढाए । धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहित्राहिमा पढ्न विवश भए ।

वि. सं. २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा क। वाग्ले निर्वाचित हुन पुग्नुभयो । त्यसपछि उहाँ नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाबाट केन्द्रीय प्रतिनिधि बन्नुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रत्येक बैठकमा क। वाग्ले पार्टीको लाइन लिएर जानुहुन्थ्यो र प्रस्तावित त्यो लाइनको सही विश्लेषण गरी बैठकमा पास गराउने अग्रिम भूमिका खेल्नु हुन्थ्यो ।

यसरी यस क्षेत्रमा कम्युनिस्टको नेतृत्व गरेकै कारणले तत्कालीन पञ्चे सरकारले क। वाग्लेलाई अस्थायी शिक्षकको रुपमा रहन बाध्य पारिरह्यो, स्थायी हुनै दिएन । आफ्नो घरायसी र व्यक्तिगत समस्यालाई उहाँ शिक्षक संगठन र कम्युनिस्ट पार्टीको समस्याको तुलनामा जहिले पनि गौण ठान्नुहुन्थ्यो । पार्टी र संगठनको समस्यालाई प्रधान समस्याको रुपमा लिनुहुन्थ्यो ।

वि.सं.२०४१ सालमा गोरखा जिल्लाका तत्कालीन पञ्चेका दूतहरुले उहाँलाई “नेपाल राष्ट्रिय शिक्षक संगठनबाट राजीनामा दिए मा।वि। स्थायी शिक्षक बनाइदिन्छौं, बरु स्थायी भएपछि तपाईं पुनः नेपाल राष्ट्रिय शिक्षक संगठनको जिम्मेवार सदस्य भएपनि त्यसमा हामीलाई कुनै मतलब छैन र तपाईंले राजीनामा दिएको कुरा पनि गोप्य राख्छौं” भन्दा पनि क। वाग्ले नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेर अस्थायी नै बस्नु परे पनि ठीक छ, म आफ्नो नैतिकतालाई धरौटी राखेर स्थायी शिक्षक बन्ने मेरो नैतिकताले दिंदैन भनि पञ्चेका दुतहरुको प्रस्तावलाई सिधै अस्विकार गर्नुभएको थियो ।

कठोर साधना र तपस्यापछि वि. सं. २०४६ र ४७ को आन्दोलनपछि उहाँ स्थायी शिक्षक बन्न पुग्नुभयो ।१७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरुले त्यसबेलासम्म स्थायी हुन दिएका थिएनन् । उल्टै उहाँले “उग्रवादी” को बिल्ला भिर्नुपरेको थियो । उग्रवादी आरोपकै कारण वि. सं. २०३६ सालमा प्रहरी खोरमा परेका कारण उहाँ स्थायी हुन पाउनुभएको थिएन ।

वि.सं.२०४७ सालको प्रतिनिधि सभाको चुनावमा नेकपा एकता केन्द्रले चुनाव उपयोग गर्ने उद्देश्यले डा। बाबुराम भट्टराईको संयोजकत्वमा बनाएको पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा, नेपालको तर्फबाट उहाँलाई गोरखा क्षेत्र नं. ­२ को उम्मेदवारमा छनौट गर्‍यो । चुनावी कलाको अभावमा उहाँ सो चुनावमा १३,६७८ मत ल्याएर पनि झिनोमतले तत्कालीन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठबाट पराजित हुनुपर्‍यो ।

चुनावमा पराजित भएपछि उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको पूर्णकालीन कार्यकर्ता बन्नपुग्नुभयो। त्यसै वर्ष उहाँ जिल्ला पार्टी सचिवमा चुनिनुभयो । वि.सं। २०४८ सालबाट २०५२ सालसम्म क। वाग्ले नेकपा माओवादी गोरखाको जिल्लाको नेतृत्व तहमा हुनुहुन्थ्यो । मार्क्सवादको गहिरो अध्ययनले उहाँको उचाई धेरै माथि पुगिसकेको थियो ।

मार्क्सवाद, लेनिनवाद र माओवाद प्रति पूर्ण आस्था विश्वास गर्दै यसलाई नै आफ्नो पथप्रदर्शक सिद्धान्तको रुपमा मान्दै नेकपा माओवादीको कार्यदिशा अनुकूल नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको ध्येय र उद्देश्य हासिल गर्नका लागि आफ्नो महान् जिम्मेवारी पूरा गर्न उहाँ वि। सं। २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादीले थालेको महान् कार्यक्रम सशस्त्र जनयुद्धमा सरिक भई सोही दिनबाट भूमिगत हुनुभएको थियो ।

गोरखा, रोल्पा, सिन्धुली, रामेछापलगायतका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्त्वपूर्ण जिम्मेवारी बहन गर्ने, नेपालको इतिहासमा पुरानो निरङ्कुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ता ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्ने, क्रान्तिलाई नेपाली भुमिमा विकास गर्ने योजनाकारहरु मध्ये महान योजनाकार भएकोले उहाँलाई त्यसै क्षमताको कारणले नै वि. सं. २०५५ मा नेकपा माओवादीले पोलिट्व्युरोको बैकल्पिक सदस्य बनाएको थियो ।

वि. सं. २०५६ भदौमा पार्टीको केन्द्रीय समितिकोको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर क. भीमसेन पोखरेल (क.उमा भुजेलका श्रीमान्) र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भाद्र २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो । त्यसपछि घेरा तोड्न खोज्दा उहाँसँगै रहनुभएका प्लाटुन कमाण्डर क। भीमसेन पोखरेलको गोली लागेर मृत्युभयो । प्लाटुन सदस्य बीना घाइते भए पनि भाग्न सफल हुनुभयो ।

क.वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा पर्नुभयो । पक्राउ परेपछि उहाँलाई आत्मसमर्पण गर्न र आफ्नो परिचय खुलाउन भनिएको थियो तर नमानेपछि क। वाग्लेलाई पनि त्यहीँ गोली हानी प्रहरीले हत्या गरेको थियो ।

(कृष्णसेन अनलाइनको सहयोगमा)

Nabintech