११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका ओली र खड्का सहित ६ जनाले रोजे नेकपा एस


कोहलपुर नगरपालिका २ जना जनप्रतिनीधी सहित बाँकेका ६ जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन । कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली र कोहलपुर ५ का वडा सदस्य शंकर खड्काले नेकपा एकिकृत समाजवादी रोजेका हुन ।
उनिहरु संगै नेपालगंज उपमहानगरपालिका का २ जना र जानकी गाउँ पालिकाका १ जना र खजुरा गाँउपालिकाका १ जना जनप्रतिनिधीले पनि नेकपा एकिकृत समाजवादी रोजेको निर्वाचन कार्यालयले जनाएको छ ।
मंगलवार सम्म नेकपा एकिकृत समाजवादी रोज्नेको संख्या केही बढ्ने एकिकृत समाजवादी पार्टीका युवा नेता अब्दुल हुसेन खाँले जानकारी दिए ।

 

Nabintech