११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
शिक्षाको बिकास पछिमात्रै देशले गती लिन्छ : सांसद अथक


कोहलपुर /  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एंव बाँके क्षेत्र १ का संघिय सांसद महेश्वर गहतराज अथकले शिक्षा क्षेत्रको बिकासले मात्रै देशको बिकासले गती लिने बताएका छन ।
कोहलपुर १ मा हरेको कृष्ण माविमा आयोजीत एक कार्यक्रममा बोल्दै अथकले शिक्षा क्षेत्रको बिकासको गतीले समग्र देश बिकासको गति निर्धाण गर्ने बताए ।
उनले सामुदायीक बिद्यालयको शिक्षाको स्तर सुधार गर्नु पर्ने बताउँदै स्तर सुधार गर्न शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए । शिक्षा क्षेत्रको लगानीले ढिलो परिमाण दिने बताउदै अथकले राज्यको उचित लगानी आवश्यक रहेको बताए । संस्थागत बिद्यालयका लागि बिद्यालय भवन,ट्वाटेट,खानपानी , यातायातका लागी बस आवश्यक हुने भन्दै अथकले आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत बिद्यालयको टिनको छानो हटाउने अभियान नै सञ्चालन गरेको बताए । उनले स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यमा पनि शिक्षा क्षेत्रलाई उल्लेख्य प्राथमिकतामा राखेको जानकारी दिए ।
कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले भाद्र महिनाको अन्तिम बाट बिद्यालय सञ्चालन गर्ने तयारी भई रहेको जानकारी दिए । उनले कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
सोमवार नै एक औपाचरीक कार्यक्रमका बिच कृष्ण माविको प्रध्यानाध्यापक पद हस्तान्तरण कार्यक्रम गरिएको छ । सो बिद्यालयको प्राध्यानाध्याक पदमा बिरेन्द्र मल्लको स्थानमा दिलिप वलीलाई जिम्मेवारी दिईएको छ ।
निवर्तमान प्रध्यानाध्यापक बिरेन्द्र मल्लले बिद्यालयको बिकास लागि तत्कालीन र दिर्धकालीन योजना निर्माण गरेर काम अगाडी बढाईएको जानकारी दिए ।

Nabintech