११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके जिल्लाको विकासको नेतृत्व लिन तयार छौ : नेता अथक


कोहलपुर / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एंव बाँके क्षेत्र नं १ का संघिय सांसद महेश्वर गहतराज अथकले बाँके जिल्लाको समुचित बिकासको नेतृत्व लिन माओवादी तयार रहेको बताएका छन ।
नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिका वडा नं ७ ले गरेको जनभेलामा बोल्दै संघिय सांसद अथकले सो कुरा बताएका हुन । उनले कोहलपुर ७ को डुडुवा खोलामा झोलुगेंपुल निर्माण यस आर्थिक बर्ष भित्र सुरु गरि सक्ने प्रतिबद्धता जनाए ।
डुडुवा झोलुङे पुल निर्माण पछि लखनवार देखी बनखेत र सल्यानी बस्तीका स्थानियलाई आजत जावत गर्न सहज हुनेछ । स्थानिय बासिन्दाले डुडुवा नालामा पुल , डुडुवा नालाको कटान नियन्त्रण गर्न तटबन्ध , सडकहरुको स्तर उन्नती गर्न माग गरेका थिए ।


अथकले माओवादी उत्पिडीत जाती समुदायको लागी लड्दै आएकोले कोहलपुरको बिकट लखनवार,बनखेलत र सल्यानी बस्तीका स्थानिय लाई बिद्युत,टेलिफोन लगायतका सुबिध पुर्याउन आफु लागि पर्ने बताए । सो क्षेत्र अझै बिद्युत, टेलीफोन र ईन्टनेटको पहुच भन्दा बाहिर छ । ईन्टरनेट सेवा नभएको भन्दै कोहलपुर ७ को वडा कार्यालय कोहलपुर १४ हल्दारपुरमा राखिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य उषा पुनले प्रदेश सरकारले नयाँ बजेट ल्याउन लागेको भन्दै माओवादी नेतृत्वको प्रदेश सरकारले उक्त स्थानमा पुल लागायत बिकासका अवाश्यक पुर्वाधार निर्माण गर्ने बताईन ।
कार्यक्रमा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानले कोहलपुरको सम बिकास हुन नसकेको भन्दै भिजन सहितको नेतृत्व आवश्यक रहेको बताए । उनले जनताको साथ पाएमा आगामी ५ बर्षमा कोहलपुरको योजनाबद्ध बिकास गरिने बताए । कार्यक्रममा माओवादी केन्द्रकी नेतृ रेणुका खड्का,तेज प्रसाद चापागाई लगायतले पनि बोलेका थिए ।
जनभेलामा उठोका मागहरु सम्वोधनकालागि माओवादी केन्द्रको अगुवाईमा छिटै लुम्बिनी प्रदेस सररकारका मुख्यमन्त्री र आर्थिक बिकास मन्त्री समक्ष एक डेलेकेसन टोली जाने नेकपा माओवादी केन्द्र ७ का नेता छेदा थारुले जानकारी दिए ।

Nabintech