११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेची महाकाली बुहारी संयुक्त आवाज दोस्रो बर्षमा


मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेले दोस्रो बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । शनिवार कोहलपुरमा एक औपचारीक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएको संयोजक उर्मिला अधिकारी पाण्डेले जानकारी दिईन ।
बार्षिक उत्सव कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले मेची महाकाली बुहारी संयुक्त आवाजले स्थापनाको छोटो समयमै समाजीक क्षेत्रमा उल्लेखनीय काम गरेको बताईन । उनले समाजिक सञ्जालको माध्यामबाट गठन गरिएको संस्थाले महिला तथा बाल बलिक , असाहया तथा बिपन्नता भएका हरुको क्षेत्रमा उल्लेख निय काम गरेको भन्दै प्रसंसा गरिन ।नमुनाले उक्त संस्थाको संस्थागत विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
कार्यक्रममा मेचि महाकाली बुहारी आवाजकी लुम्बिनी प्रदेश सह संयोजक रेणुका खडकाले महिला तथा बाल बालिकाको क्षेत्रमा उदाहरणीय काम गर्दै जाने बताईन । कार्यक्रममा महिला नेतृ एंव संस्थाकी सल्लाहकार बसन्ती अधिकारी लगायतले संस्थाको समाजिक भुमिकाको प्रसंसा गरेका थिए ।
मेची महाकाली बुहारी आवाजले हिम्सामा परेका महिला तथा बाल बालिका लाई कानुनी सहायता तथा बिभीन्न खाले सहयोग गर्दै आएको छ । संस्थाले कोरोना महामारीका समयमा समस्यामा परेका ५० बढि बिपन्न परिवारलाई खाद्यान्न बितरण गरेको संस्थाकी सचिव प्रमीला शाहीले जानकारी दिईन । साथै संस्थाले एकल महिलाहरुलाई सिप तथा आय मुलक कार्यमा पनि सघाउदै आएको छ ।वितेको १ वर्षमा २५ ओटाबढी कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ ।

Nabintech