११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
‘सामुदायिक भवन’को उद्घाटन गरे साँसद अथकले

प्राकृति विपद जस्ता विषम परिस्थितिमा उपयोगिता महत्वपूर्ण हुने



कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा निर्माण सम्पन्न भएको ‘सामुदायिक भवन’को उद्घाटन गरिएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ले शनिबार एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका हुन ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले सामुदायिक भवन निर्माण कार्य सामान्य लागे पनि प्राकृति विपद जस्ता विषम परिस्थितिमा यसको उपयोगिता महत्वपूर्ण हुने बताए । समुदायमा हुने धार्मिक तथा हरेक सामाजिक गतिविधि संचालनमा समेत सामुदायिक भवन उपयोगी हुन बताउँदै अथकले आगामी दिनमा समेत यस क्षेत्रको विकासमा आफू निरन्तर लागिरहने प्रतिवद्धता ब्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले साँसद अथकले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै यस क्षेत्रले उर्जावान नेता पाएको बताए । कार्यक्रम नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी अध्यक्ष तुलाराज विष्ट बिहानी, नेपाली काँग्रेसका नेता लिल बहादुर राना लगायतले आफ्ना भनाइ राखेका थिए ।

स्थानीय विकास पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत २४ लाखको लागतमा ६ कोठे सामुदायिक भवन निर्माण गरिएको कोहलपुर वडा नं. ६ का वडाध्यक्ष रामशरण थारुले जानकारी दिए । उक्त रकमबाटै सामुदायिक भवनसँगै रहेको मन्दीरको समेत मर्मत सम्भार गरिएको थारुले बताए ।

Nabintech