११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सामुदायिक पुस्तकालयको विकासमा स्थानिय सरकारको भूमिका अहम हुनेमा जोड

दिवशका अवशरमा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित



सामुदायिक पुस्तकालयको विकास र सम्वद्धर्नमा स्थानिय सरकार तथा सरोकारवाला निकायको भूमिका अहम हुने कुरामा जोड दिइएको छ । सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास भन्ने नाराका साथ १४ औं राष्ट्रिय पुस्तकालयको दिवशको अवशरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका छन् ।

दिवसको अवशरमा आयोजित ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवम् सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले पुस्तकालयको सर्वाङ्गिण विकासको लागि स्थानिय सरकार आवश्यक समन्वय गर्न तयार रहेको बताइन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नगर उप प्रमुख चौधरीले अध्ययन गर्ने वानीको विकास र पठन संस्कृतीको विकासमा ज्ञानोदयले पु¥याएको योगदानको खुलेरै चर्चा गरिन् । नगरपालिका पुस्तकालयको विकासमा हातेमालो गर्न तत्परता देखाउँदै वार्षिक कार्ययोजनामा महत्वका साथ राख्न खोज्दा एउटा समूहले आपत्ती जनाउने गरेको समेत खुलासा गरेकी छिन् । यस क्षेत्रकै गरिमा र गौरवका रुपमा पुस्तकालय रहेकाले आवश्यक सहयोग तथा समन्वय कायम राख्न विशेष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्वता समेत जनाएकी छिन् ।
नेपाल राष्ट्रिय सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले नेपालमा पुस्तकालयको इतिहासबारे चर्चा गर्दै सबैको अथक प्रयासबाट कोहलपुरमा सुविधा सम्पन्न आधुनिक पुस्तकालय संस्थागत हुन सफल रहेको बताए । उनले पुस्तकालय पुस्तकको भण्डारण गर्ने ठाउँमात्र नभएर ज्ञान प्रवाह गर्ने माध्यम बन्न सफल रहेको बताए । पुस्तकालयका पूर्व अध्यक्ष समेत रहेका पौडेलले पुस्तकालयको ऐतिहासिक विकासमा विगतको प्रयासलाई नयाँ उचाईमा पु¥याउन यस क्षेत्रका सार्वजनिक तथा सामाजिक संघ संस्थाहरुले आवश्यक सहकार्य तथा समन्वयमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । स्थानिय सरकारलाई प्रमुख अभिभावकीय भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।

यस्तै कोहलपुर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले पुस्तकालयले सामाजिक तथा शिक्षासँग सम्बन्धित गतिविधीमा पु¥याएको योगदान सराहनिय रहेको बताए । यस अघि घुम्ती पुस्तकालयको अवधारणा अनुसार नगरपालिकाका वडाहरुमा पुस्तक प्रदर्शनी तथा घुम्ती पुस्तकालय कार्यक्रमले यस क्षेत्रका पाठक र पुस्तकालयबीच अन्तरसम्बन्ध कायम बनाउन मद्दत पुगेको बताए । राष्ट्रिय पुस्तकालय दिवसका अवशरमा पुस्तकालय हरेक वर्ष सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधीहरुले पुस्तकालय सक्रियतालाई पनि उजागर गरेको उनको भनाई थियो । कार्यक्रममा जनप्रतिनिधीहरु कोहलपुर नगरपालिका वडा नं. १० र ११ का वडाध्यक्ष निरज चलाउने, कर्ण बहादुर थापा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, इलाका प्रहरी कार्यालय प्रतिनिधी, पत्रकार सञ्चारकर्मी तथा पाठक लगाएतको उपस्थिती रहेको थियो ।

साथै दिवशको अवशर पारेर यस अघि पुस्तकालयले समुदायका लागि कोभिड १९ प्रतिकार्य परियोजना अन्र्तगत आइसोलेसन तथा स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामाग्री तथा आवश्यक उपकरणहरु हस्तान्तरण तथा अपाङ्गता तथा न्यून आय भएका व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
दिवशका अवशरमा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित
राष्ट्रिय पुस्तकालय दिवसका अवशरमा यस वर्षको स्व. हरी प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मानबाट समाजसेवी तथा शिक्षा प्रेमी भानुभक्त भट्टराई सम्मानित भएका छन् । पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेलले आफ्नो बुवाको स्मृतीमा स्थापना गरेको अक्षय कोषबाट समाजसेवी भट्टराईले यस क्षेत्रको शिक्षा र समाजसेवा क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिएका छन् ।

यस्तै पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याएका पुस्तकालयका निवर्तमान अध्यक्ष लिल बहादुर राना पनि सम्मानित भएका छन् । पुस्तकालयको विकासमा अतुलनीय भूमिका निर्वाह गरेकाले संस्थाको पूर्व अध्यक्षको रुपमा सम्मानित गरिएको पुस्तकालयले जनाएको छ । यस्तै हरेक वर्षझै यस वर्ष पनि पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याउन पुस्तकालयलाइ पुस्तक दान गरि सहयोग गरेकाले संस्थाद्धारा उत्कृष्ठ पुस्तक दाताका रुपमा समाजसेवी भारती खनाल सम्मानित भएकी छिन् । भारतीको संस्था प्रजातन्त्र र विकासमार्फत उनले १ सय ५० बढि पुस्तक हस्तान्तरण गरेकी थिइन् ।
ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिताका उत्कृष्ठ पुरस्कृत
दिवसको अवशरमा पुस्तकालयले आयोजना गरेको प्राचिन पुस्तक संकलन तथा प्रदशनि प्रतियोगिता प्रथम रामचन्द्र पौडेल र द्वितिय बुद्विसागर सापकोटा नगद र प्रमाण पत्रबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा प्रथम हुन सफल पुस्तक शिखरनाथ भुषाल द्धारा लिखित शिखरनाथ भाष्य र द्धितिय हुन सफल उपदेश चन्द्रकलाया द्धारा लिखित भुनन्दनन्देवदु प्राचिन पुस्तक छनौट भएका थिए । प्रथमले रु. ५ हजार र द्वितियले नगद ३ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका हुन् । सबैभन्दा पुराना मितिमा प्रकाशन भएका ऐतिहासिक पुस्तकहरु सहयोग गर्ने दाताहरुकाबीचमा प्रतिस्पर्धा गराइएको थियो । यस्तै फोटो प्रतियोगितामा प्रथम रमेश अधिकारी, द्धितिय चनद।लष्जबटिज्ञढ२नmबष्।िअयm र तृतिय सरोज राज शाहीलाई घोषणा गरिएको छ । प्रतियोगितामा यस क्षेत्रका २० फोटो ग्राफरहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुने प्रतियोगिहरुले क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका छन् ।

Nabintech