१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
महामारीका बेला काहाँ छन गैर–सरकारी संघ संस्था ?


कोहलपुर/ विश्व व्यापी रुपमा फैलिएको महामारीलाई रोकथाम गर्न तिन तहका सरकार लागि परेका छन । तिन तहका सरकारले आ– आफ्नो सापेक्षतामा योजना निर्माण गरेर महामारी रोकथाम गर्न लागि परे पनि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर–सरकारी संघ संस्थाहरु भने भुमिका हिन जस्तै छन । उनिहरुमा मानविय संवेदनानै देखिएको छैन् । हाल सम्म बाँके जिल्लामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर–सरकारी संघ संस्थाहरुले सचेतना र रोकथामका लागि कुनैपनि गतिबिधी सञ्चालन गरेको पाईएको छैन । कतिपय संघ संस्थाहरु मानबिय सेवामा जुटिरहदा बिगतमा राज्यसंग ठुलो रकम लगेर सचेतनाका काम गर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर–सरकारी संघ संस्थाहरुको भुमिका भने शुन्य छ ।

गैर सरकारी सस्था माहासंघ प्रदेश ५ का कार्यवाहक अध्यक्ष तथा ईन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले हाल सम्म कोरोना नियन्त्रणका लागि ठोस काम गर्न नसकेको बताए । उनले छिट्टै राहत तथा सचेतनाका कार्यक्रम घोषणा गर्ने तयारीमा आफुहरु हरेको नयाँ कोर्स लाई जानकारी दिए ।

समाजिक सेवा तथा सचेतना अभिवृद्धि गर्न आफुहरु समाजमा निरन्तर लागि रहेको दाबि गर्ने गैर–सरकारी संघ संस्थाहरुकोे भुमिक सुन्य रहे पनि नेपालगंज उद्योग बाणिज्य संघले भने समाजिक सेवामा नेतृत्वदायी भुमिका निर्वाह गरेको छ । संघले संकटका बेला सुरक्षाकर्मी तथा स्वाथ्यकर्मीलाई झण्डै ६ सय २० थान व्यक्तिगत सुरक्षा सामागी्र बितरण गर्यो । त्यसैगरि सुरक्षा कर्मीहरुका लागि माक्स , सेनेटाईजर , ग्लोव लगायतका सुरक्षा सामाग्रि बितरण गरेको छ ।
नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले सरकारलाई सघाउ पुर्याउन आफुहरु मानबिय सेवामा जुटेको बताउदै गैर सरकारी क्षेत्रबाट पनि सहयोग आवश्यक रहेको धारणा राखे । उनले सचेतना अभिवृद्धि र सुरक्षा सामाग्री निर्माण तथा बितरणमा समाजिक संघ सस्थाहरुले भुमिका खेल्नु पर्ने धारणा राखे ।

यस्तै नेपालगंज मुस्लीम समाजले पनि शनिवार देखि बिपन्न समुदायलाई खाद्य सामाग्री बितरण गर्न लागेको नेकपाका नेता एंव मुस्लिम अगुवा मो हारुन हल्वाईले जानकारी दिए । आफुहरुले बिपन्न समुदायको लागत संकलन गरेर सोही अनुसार घर घरमा पुगरे खाद्य समाग्री बितरण गर्ने जानकारी दिए । समाजिक सघ सस्थाहरुको भुमिका नदेखिएकाले आफुहरुले व्यक्तिगत तवरबाट अभियान सञ्चालन गर्न लागेको उनको भनाई छ । मुस्लिम अगुवाहरुबाट संकलन गरेको करिव ८ लाख बराबरको खाद्य सामाग्री वितरण गर्न लागेको मुस्लिम अगुवा मो हारुन हल्वाईले जानकारी दिए ।

Nabintech