११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पुस्तकालय दिवसको अवसरमा राहत वितरण


कोहलपुर/बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । एए।स।बी। जर्मनी, रिड नेपालको आर्थिक सहयोग र ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको संयुक्त आयोजनामा कोभिड-१९ प्रतिकार्य परियोजना अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. ९ का स्थानिय विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो ।

कोभिडबाट प्रभावित न्यून आए भएका तथा अपाङ्गता भएका ४० घर परिवारलाई प्रति प्रतिवार एक बोरा २५ केजी चामल, २ केजी दाल, दुई लिटर तेल, १ केजि गेडागुडी, एक प्याकेट नुन, एक प्याकेट मसला, एउटा बट्टा मास्क, दुई वटा साबुन, आधा लिटर सेनिटाईजर र एक पिस थर्मो मिटर लगायतका सामग्री उपलब्ध गराईएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।

पुस्तकालयले कोरोना भाईरसको महामारीपछिको पहिलो लकडाउनबाटै आर्थिक रुपमा कमजोर भएका परिवारलाई खाद्यान्न सहयोग, विभिन्न समयमा स्वास्थ्य सामग्रीहरु वितरण लगायतका अन्य थुप्रै कार्यहरु गर्दै आईरहेको भट्टराईले बताए । यसअघि पुस्तकालयले आईतबार कोहलपुर नगरपालिका वडा नं. १५ मा रहेको शम्शेरगञ्ज स्वास्थ्य चौकी, कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र कोहलपुर नगरपालिका वडा नं. ९ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

Nabintech