११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लुम्बिनी सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र रोजगार : मुख्यमन्त्री केसी

मुख्य मन्त्रीलाई बुझाईयो विकासका योजनाहरुको माग पत्र



बाँके / लुम्बिनी सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले आफ्नो सरकारको प्राथमिकता सवास्थ्य र शिक्षा रहेको बताउनु भएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेशसका सह ईन्चार्ज समेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्राणघातक लगायत अन्य रोग लागेकाहरुको सर्ब सुलभ उपचार र डिजिटल शिक्षा आफ्नो प्रथमिकतामा रहेको बताए ।

उनले रोग लागेर कोहि पनि मर्नु पर्ने र गुणस्तरीय शिक्षाबाट कोही पनि बंचिन हुन पर्ने अवस्था आउन नदिन सरकारले काम सुरु गरि सकेको जानकारी दिए । उनले प्राण घातक रोग लागेकाहरुको उपचारमा ३ लाख रुपैया सहयोग गर्ने नितिगत निर्णय भई सकेको पनि जानकारी दिए ।

यस अघिको लुम्बिनी प्रदेस सरकार नितीगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउदै मुख्यमन्त्री केसीले प्रदेशको समबिकास र शुसासनकालागि जनताले अनुभुत हुने गरि प्रदेश सरकारले काम गर्ने जानकारी दिए । बिकास र जनताको रोजगारलाई संग संगै जोडनु पर्ने बताउदै मुख्यमन्त्री केसीले यस बर्ष लुम्बिनी प्रदेशमा १० हजार लाई गाउँमै रोजगार दिने गरी काम अगाडी बढाईएको बताए ।

माओवादी केन्द्रका नेता समेत रहेका केसीले जनतासंग जोडीने गरि पार्टीको संरचनामा र पार्टीलाई समाबेसी बनाउने गरि पुर्नःसंरचना गरिएकाले अवको १ नं पार्टी माओवादी पार्टी हुने धारणा राखे ।  जनयुद्धका घाईते अपाङ र सहिद परिवारको योगदानलाई कदर गर्दै उनिहरुको जिबिको पार्जन हुने गरि सिप र आय मुलक काम अगाडी बढाईन लागेको जानकारी दिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि १ दर्जन बढि माओवादी केन्द्र प्रबेश गरेका छन । कोहलपुर ३ का नारायण भुषाल लगायत १ दर्जन बढि माओवादी केन्द्र प्रबेश गरेको माओावदी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्काले जानकारी दिए । कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य तिकल शर्मा हिमाल, बाँके  जिल्ल अध्यक्ष आई पि खरेल, प्रदेश कमिटी सदस्यहरु प्रकास सुबेदी, नरेन्द्र न्यौपाने,नरेन्द्र पाण्डे,कोहलपुर अध्यक्ष तुलाराज बिष्ट बिहानी लगायतको पनि सहभागिता रहेको थियो ।

मुख्य मन्त्रीलाई बुझाईयो विकासका योजनाहरुको माग पत्र

एकिकृत नेकपा माओवादी केन्द्र कोहलपुरले बिकासका आयोजनाहरुको लिष्ट मुख्य मन्त्रीलाई बुझाएको छ । मुख्य मन्त्री कुल प्रसाद केसी सोनामलाई माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानीले आयोजनाहरुको लिष्ट बुझाएका हुन ।

लिष्ट बुझाउदै अध्यक्ष बिष्टले तिन प्रदेशको संगमको रुपमा रहेको कोहलपुरको बिकासलाई प्राथमिकतामा राख्न आग्रह गरे । ।

आयोजनाहरु सहितको माग पत्र बुझ्दै मुख्य मन्त्री केसीले आफ्नो कार्यकाल भरि उक्त आयोजनाको सुरुवात गरिने बताए । उनले केहीलाई यसै बर्ष र केहीलाई आगमी बर्षको बजेटमा समाबेश गरिने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्र कोहलपुरले कोहलपुर नगपालिका भित्रका १५ ओटै वडाका आयोजनालाई लिपीबद्ध गरेर बुझाएको नेकपा कोहलपुरका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए । आज एक मुष्ट बुझाईएका आयोजनालाई केही दिन भित्र बिभिन्न मन्त्रालयगत रुपमा बुझाईने उनले जानकारी दिए । सोही माग पत्र पेश गर्न माओवादी केन्द्रको टोली मंगलवार बुटवाल जान लागेको न्यौपानले जानकारी दिए ।

Nabintech