११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पूर्वप्रधानमन्त्री खनाल भोलि भारतबाट स्वदेश फर्किँदै


काठमाडौं । मिर्गौला प्रत्यारोपणको लागि भारत पुगेका पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल करिव साढे दुई महिनापछि भोलि ९सोमबार० स्वदेश फर्किने भएका छन् ।

गत असार दुई गते उपचारको लागि भारतको नयाँदिल्ली पुगेका नेता खनाल सोमबार दिउँसो काठमाडौं आइपुग्ने स्रोतले जनाएको छ ।

खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी भोलि दिउँसो स्वदेश फर्किन लागेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

वरिष्ठ नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरुमा नेपालकै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारको लागि दिल्ली लगिएको हो ।

Nabintech