११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घर बहाल उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा पुन : कार्की चयन


नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा तिलक सिंह कार्की चयन भएका छन । शनिबार बाँकेको कोहलपुरमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले कार्कीलाई पुनस् अध्यक्षमा चयन गरेको हो ।

संस्थाको नयाँ गठित समितिको बरिष्ठ उपाध्यक्षमा देबेन्द्र पौडेल, महिला उपाध्यक्षमा राधा गौतम, महासचिवमा लक्ष्य बहादुर बिक, कोषाध्यक्षमा अमर बि।क।, सचिवमा ढक बहादुर थारु र सह कोषाध्यक्षमा निरक शाहि चयन भएका छन ।

त्यसैगरी संस्थाको सदस्यहरुमा क्रमश निलकन्ठ घिमिरे, योगेश पौडेल, मोहन आचार्य, इमराम अलि हासमी, यकराज भण्डारी र ईश्वर पाण्डे चयन भएका छन ।

संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा कोहलपुर क्षेत्रमा कोरोना महामारीको समयमा घरबहाल छुट गर्ने १५ जना घरबेटीलाई सम्मान समेत गरीएको संस्थाका नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए ।

Nabintech