११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नव गठित दल नेकपा (एकीकृत समाजवादी) मा धमाधम समाहित हुनेक्रम बढ्दो


काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेको वेला माधव नेपाल समुहले देशव्यापी रुपमा गठन गरेका समानान्तर कमिटीहरु धमा धम नयाँ नव गठित दल नेकपा (एकीकृत समाजवादी) मा समाहित हुन थालेका छन । एमालेबाट अलग्गिएर माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा भातृ संगठन देखि जिल्ला तथा स्थानीय तह सम्मका समानान्तर कमिटी समाहित हुन थालेका हुन ।

बिहीबार पत्रकार सम्मेलन गरेर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का नेता–कार्यकर्तालाई आफ्नो पार्टीमा आउन अपील गरेका थिए । एमालेको पुनर्गठन गरेर एकीकृत समाजवादी पार्टी बनाएको बताउँदै नेपालले भने, ‘दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरी प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्दछु ।’

काठमाडौं
यसैक्रममा माधवकुमार नेपाल समूहले गठन गरेको वसन्त मानन्धर नेतृत्वको नेकपा एमाले काठमाडौं जिल्ला समानान्तर कमिटी नै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तर्फ लागेको छ । बागमती प्रदेश सभा सदस्यसमेत रहेका मानन्धरसहितको कमिटीले समाजवादीमा लाग्ने घोषणा गरेको हो । ‘ काठमाडौं जिल्ला कमिटीका सबैले समाजवादीमा लाग्ने निर्णय गरेको मानन्धरले बताए । उनले भने, ‘अरु साथीहरु विस्तारै जोडिनुहुन्छ ।’ बागमती प्रदेशका एमालेका कुल ५७ जना (सभामुखसहित) सांसदमध्ये १२ जना नेपालपक्षमा खुलेर लागेका छन । यसअघि नेपालपक्षमा २१ जना रहेका थिए । नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि १२ मात्रै खुलेको मानन्धरले बताए ।

रुपन्देही
त्यस्तै, माधवकुमार नेपाल पक्षले रुपन्देहीमा गठन गरेको समानान्तर जिल्ला कमिटी पनि नेकपा एकिकृत समाजवादीमा रुपान्तरित भएको छ । शुक्रबार बुटवलमा बसेको नेपाल पक्षको रुपन्देही जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको हो । एमालेको जिल्ला स्तरिय समानान्तर कमिटीको बैठकले सिङ्गो कमिटी नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेको सो पक्षका नेता सिद्विचरण भट्टराईले बताए । समानान्तर कमिटीका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेका थिए ।

मोरङ
त्यस्तै, मोरङको समानान्तर कमिटीे माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको छ । एमालेमा विवाद भएसँगै नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीको शनिबार सम्पन्न बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको उक्त समानान्तर कमिटी अब भने नेकपा ९एकीकृत समाजवादी० जिल्ला कमिटीमा रुपान्तरण भएको छ । ३२५ सदस्यीय समानान्तर कमिटीका अधिकांश सदस्यले एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । बैठकले मोरङका १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटी गठन गर्ने निर्णय गरेको छ । बैठकका निर्णयअनुसार सबै स्थानीय तहमा कमिटीको काम तीव्रता दिइनेछ ।

झापा
नेकपा एमालेको माधव नेपाल समूहले गठन गरेको झापाको समातान्तर कमिटी पनि नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ । २०७८ साल बैशाख ३ गते माधव नेपाल पक्षको नेकपा एमाले झापा जिल्ला कमिटी गठन भएको थियो । सो कमिटीको शनिबार बिर्तामोडमा बसेको बैठकले हाल माधब नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको हो । वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो । कमिटीमा चन्द्रमाया श्रेष्ठ उपाध्यक्ष र नीलमणि बराल सचिव छन्। सो सिंगो कमिटी समाहित भएको जनाइएको छ ।

प्युठान
नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहले प्युठानमा गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । नेपाल पक्षले प्युठानमा भोज बिक्रम बुढा मगरको अध्यक्षतामा ६१ सदसिय समानान्तर कमिटी गठन गरेको थियो । लोकतांन्त्रिक राष्ट्रीय मगर मोर्चा नेपालको केन्द्रीय अद्य्यक्ष समेत रहेका मगरले शनिवार बसेको बैठकबाट सर्वसम्मतरुपमा सिंगो कमिटी नेकपा ९एकीकृत समाजवादी०मा रुपान्तरित हुने निर्णय गरेको बताए ।

त्यस्तै, तत्कालिन एमाले प्युठानको जिल्ला सचिब र संविधान सभा सदस्य समेत रहेका धन बहादुर रायमाझी पनि यसपटकको नेकपा एमाले विभाजनमा माधव नेपालको पक्षमा उभिएका छन् । एमाले पार्टी विभाजनमा प्युठानका अधिकांश नेता कार्यकर्ताहरु नेकपा९ एकीकृत समाजवादी०मा आउने तयार रहेको जिल्ला कमिटिको दावी छ ।

जनवर्गीय संगठन
त्यस्तै, एमाले नेपाल पक्षमा रहेको जनवर्गीय संगठन माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । चैत ४–५ गते ललितपुरमा राष्ट्रिय भेला गरेर समानान्तर गतिविधि गर्ने निर्णय गरेको नेपाल पक्षले त्यस यता हरेक कमिटी र जनवर्गीय संगठनमा समानान्तर कमिटी निमार्ण गरेको थियो । यस लगतै नेपाल पक्षले जनवर्गीय संगठनहरुका भेला गराएका थिए । ६ गते चैतमा महिला संघले राष्ट्रिय भेलाबाट समानान्तर कमिटी गठन गरेको थियो । महिला संघको जयन्ती राई संयोजक बनेकी थिइन । चैत ७ गते युवा संघले राष्ट्रिय भेला गरेर नरेश कुमार शाहीको नेतृत्वमा समानान्तर कमिटी गठन गरेको थियो । अनेरास्ववियुले १० गते चैतमा राष्ट्रिय भेला गरेर सुदेश पराजुली अध्यक्ष आरती लामा महासचिव चुनेर सामान्तर कमिटी बनाएको थियो । मुक्ति समाज गणेश विकको नेतृत्वमा गठन गरेको थियो । प्रेस चौतारीमा पनि समानान्तर कमिटी बनाएको थियो । चौतारीले त गठबन्धनसंग मिलेर पत्रकार महासंघको निर्वाचनमा नै सहभागी भएको थियो । चौतारीको नेतृत्व विश्वमणी सुवेदीले गरेका थिए । खेलकुद महासंघ पुरोषोत्तम पौडेलको नेतृत्वमा क्रियाशील थिए । मुस्लिम इस्तीयाक संगठन ताजमोहमम्दको नेतृत्वमा नेपाल पक्षमा खुलेको थियो । बुद्धिजीवी, पेशागत महासंघ, जनजाति ,जनसांस्कृतिक महासंघ कृपाराम धमला नेपाल पक्षमा थिए । किसान महासंघमा बलराम बास्कोटा नेतृत्व गरीरहेका थिए । जिफन्टमा पनि नेपाल पक्षले समानान्तर कमिटी बनाएको थियो ।

कालिकोट
कालिकोटका धेरैजसो एमाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन् । त्यस्तै धेरै जनप्रतिनिधि पनि एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका आध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् ।
खोटाङमा दुईवटा कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले केपिलासगढी गाउँपालिकामा युवासंघ र पिपुल भोलेन्टियर्सको गाउँपालिका कमिटी गठन गरेको छ । केपी ओली नेतृत्वको नेकपा (एमाले)बाट विभाजन भएर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीले सोमबार अविषेक राईको संयोजकत्वमा ६३ सदस्यीय युवासंघ नेपाल र इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल भोलेन्टियर्स गाउँपालिका कमिटी गठन गरेको हो ।

Nabintech