९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुस्लिम समाजले खाद्यान्न सामाग्री वितरण गर्ने


नेपालगञ्जमा खाद्यान्न सामाग्री वितरण गरिने भएको छ । कोरोना भाईरसका कारण गरिएको लकडाउनले मजदुर र असायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरिने मुस्लिम समाज नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्ज उप–महानगर पालिका भित्रका वडाहरुमा बस्ने मजदुर र असायहरुको लगत संकन गरेर भोलि शनिवार घर–घरमै पुगेर निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिने मुस्लीम अगुवा मोहमद हारुन हलुवाईले बताएका छन ।
देशभरी गरिएको लकडाउनले ज्याला मजदुरी गरि जिविकोपार्जन चलाउनेहरुको साँझ विहानको छाक टार्न मुस्कील भैरहेको गुनासो बढि रहेको छ ।

Nabintech