११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बर्दिया र कैलालीका दुई संक्रमितको नेपालगञ्जमा मृत्यु


कोहलपुर /  भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक बर्दिया र कैलाली जिल्लाका रहेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलालीका ५२ वर्षीया महिला र बर्दियाका ७० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

कैलाली भजनी नगरपालिका वडा नं. ६ का ५२ वर्षीया महिलाको भदौ ७ गते पीसीआर गरिएको थियो । उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । राती ८ बजे उनको मृत्यु भएको छ ।

बर्दिया मधुवन नगरपालिका वडा नं. ४ का ७० वर्षीया महिलाको राती १:३० बजे मृत्यु भएको छ । भदौ २ गते बर्दियामा पीसीआर गरिएका उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय ९५ जनाको मृत्यु भएको छ ।

Nabintech