८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकीमा २५ शैय्याको क्वारेन्टाइन तयार हुँदै


 

बाँकेको जानकी गाउँपालिकाले कोराना भाईरस (कोभिड–१९) को सङ्क्रमणबाट गाउँपालिकावासीलाई जोगाउन मानपुरमा २५ शैय्या क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।गाउँपालिकाको आज शुक्रवार बसेको आकस्मिक बैठकले मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा २५ शैय्याको क्वारेन्टाइन बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, क्वारेन्टाइन निर्माणको कार्य आजैबाट शुरू भएको छ । गाउँपालिकामा विदेशबाट फर्किएका र कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका विरामीलाई गाउँपालिकामै क्वारेन्टाइनमा राखेर निगरानी गरिने छ ।

वैठकमा अध्यक्ष रामनिवास यादवले तुरुन्त क्वारेन्टाइन निर्माण गरी गाउँपालिकामा विदेशबाट आएका र कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका विरामीको निगरानी गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले आह्वान गरेको ‘लकडाउन’को गाउँपालिकावासी सबैले पालना गरी कोरोना भाईरसबाट बच्न र अरुलाई पनि बचाउन सबैले सहयोग गर्नुपर्ने बताउदै वडास्तरमा पनि लकडाउन कार्यान्वयन गराउन वडाध्यक्षहरुलाई आग्रह
गर्नुभयो ।

गाउँपालिका अध्यक्ष यादवले विषम परिस्थितिमा सम्पूर्ण गाउँपालिकावासीमा अत्यावश्यक काम बाहेक घरदेखि बाहिर ननिस्कन आव्हान गर्दै बिपत्तिको समयमा कसैले कुनै पनि किसिमको अभाव सृजना गरि कालोबजारी गरेको पाइए कार्वाहीको दायरामा ल्याईने बताउनुभयो ।

Nabintech