११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परे। त्यस्तै विपक्षमा मत नपरेको सभामुख पूर्णबहादुर घर्तीले जनाए।

मतदानमा ४२ सदस्य सहभागी भएका थिए। उपसभामुख कृष्णी थारू सदनमै रहेपनि मत व्यक्त गरिनन्। उनी एमालेबाट उपसभामुख निर्वाचित भएकी थिइन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य कायम छन्। विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो। मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १८, जनता समाजवादी पार्टी ९जसपा०का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन्।

नेकपा ९एमाले०का सांसदले दुई सांसदहरू अजय शाही र विमलाकुमारी वली खत्रीमाथि गरेको कारबाहीअनुसार पदमुक्त नगरून्जेल सदन चल्न नदिने बताउँदै सदनमा उपस्थित भएन।

को हुन् केसी ?

तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्। नेकपा ९एमाले० र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए।

नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए। २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए।

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा ९माओवादी केन्द्र०ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए।

प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० देखि ०५२ सम्म नेकपा ९एकता केन्द्र०को रोल्पा इलाका सेक्रेटरी थिए। २०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे।

२०५६ मा पार्टीको भेरी-कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने। २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती(नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए र २०६३ मा रिहा भए।

२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे। त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने।

Nabintech