११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
साउनी कार्की हत्यामा संलग्न चाईनिज प्रहरीद्धारा सार्वजनिक


कोहलपुर / योङ कम्युनिष्ट लिग (वाईसिएल) बाँकेका संयोजक आकाश कार्कीको आम साउनी कार्कीको हत्यामा संलग्न भएका भनिएका कोहलपुर नगरपालिका १२ चप्परगौंडी रामजानकी टोलका ३४ वर्षिय चाईनिज भन्ने सन्तोष कुमार थापालाई प्रहरीले सर्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गरि थापालाई सार्वजनिक गरिएको हो । थापासंगै कार्कीको हत्यामा प्रयोग भएको धाराको हत्था,हत्थाखोल्न प्रयोग भएको रेन्ची, हत्या गर्दाका बखत प्रयोग भएको कपडा समेत प्रहरीले सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपि रबिन्द्र खनालले पोष्ट मार्टम रिपोर्ट र प्राप्त प्रमाणका आधारमा थापालेनै कार्कीको हत्या गरेको बताए । उनले थापा यस अघि पनि बिभिन्न आपराधीक घटनमा संलग्न रहेको र बिभिन्न लागु औषधको प्रयोगकर्ता रहेको जानकारी दिए ।
पक्राउ परेका थापाले हत्या पछि लुटिएको सुनको गहना जन्तर भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको स्विकार गरेको डिएसपि खनालले जानकारी दिए।
पत्रकार सम्मेलनमा खनालले थापालाई हदै सम्मको मागदावी सहित मुद्धा दायर गरिने जानकारी दिए ।
थापाकोे जेठ १० गते भरैयामा भएको सोहीप्रकृतिका घटनामा समेत सम्लग्नता रहेको प्रहरीको भनाई छ । भरैयामा समेत घरमा सुतिरहेको अवस्थामा धारको हत्थाको प्रयोग गरि हत्या प्रयास भएको थियो ।

Nabintech