११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आचार्यले कालिकोटका दलित समुदायलाई खाद्यान्न वितरण गरे


कालिकोट /सामाजिक अभियन्ता तथा नेकपा माओवादी (केन्द्र)का युवा नेता महारुद्र आचार्य (महान)ले स्थानीयलाई खाद्यान्न वितरण गरेका छन् ।

उनले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छाती र वडा नम्बर ६ हाउडीका दलित समुदायका १ सय १७ घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न वितरण गरेका छन्।

आचार्यले स्टाटस फाउन्डेशन नेपाल काठमाण्डुको आर्थिक सहयोगमा १ सय १७ बोरा चामल, ३ सय ५१ केजी दाल,२ सय ३४ पोका खानेतेल र २ सय ३४ बट्टा नुहाउने साबुन बितरण गरेका हुन् ।

आचार्यले गाउँपालिकाका अन्य वडाका दलीत समुदायलाई पनि सहयोग गर्ने बताएका छन् ।

आफू सानैदेखि शोषित पीडितका लागि लड्दै आएको बताउँदै आचार्यले गतबर्षको असिना पानीबाट अन्नबालि सखाप भएपछि प्रभावित समुदायलाई खाद्यान्नको अभाव नहोस् भन्ने हेतुले विभिन्न संघसंस्थासंग पहल थालेको र प्राप्त सहयोग स्थानीय पीडित समुदायलाई वितरण गरेको बताए ।

शुभकालिका वडा नम्बर ६ निबासी आचार्य १० बर्षिय जनयुद्धमा भूमिगत समेत भएका थिए । शान्तिप्रक्रियापछि उनले कैलाली र बाँकेको कोहलपुरलाई कर्मथलो बनाउँदै आएका छन् ।

अब गाउँमै फर्केर राजनीति मार्फत जनसमुदायलाई सहयोग गर्ने युवा नेता आचार्यको भनाई छ ।

Nabintech