६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाको कहरः सारङ्गी रेटन छोडेसँगै भोकै मरिने चिन्ता

दैनिक ज्यालादारी काम गरेर खानेहरु संकटमा



 

 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि देश ‘लकडाउन’ मा छ । खाद्यान्नलगायत अत्यावश्यकीय सेवाबाहेक सबै ठप्प छन् । सर्वसाधारणको दैनिक क्रियाकलाप ठप्प छ । कोहलपुर ५ का रिक्सा चालक उजुर सिह राना मगर भने समस्यामा छन । दैनिक रिक्सा चलाएरै गुजार गर्ने उनको ७ जनाको परिवार कोरोनाको सन्त्राससंगै कसरी साँझ बिहानको गुजारा चलाउने भन्ने समस्यामा छ । यस अघि कोहलपुर क्षेत्रमा दैनिक रिक्सा चलाएरै गुजारा चलाउँदै आएको भएपनि देश लक डाउन भएसँगै उनको साँझ बिहानको छाक संकटमा परेको हो ।

दैनिक १ हजार भन्दा बढि आम्दानी गरेर उनले आफ्नो गाँस चालउँदै आएको र बाँकी पैसा रिक्साको किस्ता तिर्दै आएको उनले नयाँ कोर्सलाई बताए । सुरुवाति केहि दिन गुजारा चले पनि यो लम्बिदै जाँदा कोरोना भईरस भन्दा पनि भोकले मरिने हो कि भन्ने चिन्ताले उनलाई छोएको छ ।दिनभर पसिना बगाए मात्र साँझ विहान मुखमा माड हाल्नेहरुका लागि सरकारले केही सोच्नुपर्ने राना बताउँछन् । उनले भने, ‘बन्द खुल्दैन भने सरकारले खाने व्यवस्था गरिदिएको भए हुने थियो ।’ लकडाउनबाट कोहलपुरमा रिक्सा चालक मात्रै होईन दैनिक ज्यालादारी गरेर खाने मानिसहरु , मुक्त कमैया र गन्दर्भ समुदायको पीडा चुलिएको छ ।

आफ्ना पीडा सुनाउँदै कोहलपुर ११ लोक नगरमा बस्दै आएका बिर बहादुर गन्दर्भले भने, ‘दिन भर गाउँ गाउँ गएर गित गाएर माग्दै हिड्ने उनि कोरोना महामारीका कारण घरमै
छन । रोगको सक्रमण हुन सक्ने भएकाले उनको सारङ्गीअहिले बन्द छ । कोरोना बिरुद्धको सचेतना मुलक गित बनाएर गाँउ गाँउ पुग्ने सोच बनाए पनि रोग सक्रमण हुन सक्ने भयले मानिसहरु दैलोमा निस्कन डराएको उनको भनाई छ ।
सारङ्गी बाजा बन्द भएसंगै उनको छाक पनि रोकिएको छ । लामो दिनसम्म बन्द (लकडाउन) रह्यो भने हामी जस्ता रोगबाट मात्र होइन, भोकबाट मर्छौँ । गित गाउदै र सारङ्गी रेडदै मागेर खाने बिर बहादुरले भने । यस्तो अवस्था लम्बिँदै गयो भने भोकमरीले मरिन्छ होला ।’लकडाउनपछि निम्तने समस्या बारे बिर बहादुरले भने, ‘ अझै १० दिन यस्तै भयो भने लुटपाट पनि बढ्न सक्छ ।
दैनिक ज्यालादारी ईट्टा गाराको काम गरेर खाने कोहलपुर ६ का राम सुरेश थारुले कोरोना महामारी पछि निम्तीएको लक डाउनले आफुहरु संकट परेको बताए । आफ्ना पीडा सुनाउँदै थारुले भने, ‘दिन भर गाउँ काम गरेर ५ जनाको परिवार पाल्दै आएपनि काम रोकिएकाले जिवन निर्वाह गर्न कठिन भएको छ । बिगतमा सानो तिनो समस्या पर्दा छर छिमेकमा पैचो र सापटी दिनहरु पनि अहिले सहयोग गर्न बाट पर हटेको उनको भनाई छ । कतिपय पशलहरु बन्द छन सिमित खुलेका अत्यावाश्यकीय समानहरु उधारो दिन छाडेको उनको भनाई छ । सबैजना ढोका बन्द गरेर बसेकाले पनि छिमेकमा कसरी सर सापट गर्न जाने थारुले भने ।

Nabintech