११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कृष्ण मा.वि कौशिलानगरमा ११ को पढाई सुरु,सामुदायिक तर्फ नमूना बिद्यालय बनाउने उद्धघोष


कोहलपुर / कोहलपुर १ मा रहेको श्री कृष्ण माध्यामिक विद्यालय कौशिलानगरले यस बर्ष देखि ११ कक्षा को पढाई सुरु गर्ने भएको छ ।
मंगलवार स्कुलमा भएको सर्बपक्षिय छलफलमा यस बर्ष देखी कक्षा सञ्चालन गरिने स्कुलका प्राध्यानाध्यापक बिरेन्द्र मल्लले जानकारी दिए ।
सो बिद्यालयले यस बर्ष देखी बिद्यालयले ११ कक्षाको अनुमती प्राप्त गरको हो ।
उनका अनुसार बिज्ञान, कानुन, शिक्षा र व्यवस्थपान संकायमा पढाई सुरु हुनेछ । ११ मा कानुन बिषय पढाईने कोहलपुर क्षेत्रकै पहिलो बिद्यालय कृष्ण माबि भएको प्रध्यानध्यापक मल्लले बताए ।

बिगतको एसएलसि र एसईई मा लगायत ३ बर्ष उत्कृष्ट नतिजा ल्याएर जिल्लामा उत्कृष्ट बिधालय बनेकोमा अव ११ कक्षामा पनि गुणस्तरीय शिक्षा दिने प्रध्यानाध्यापक मल्लले बताए ।


आफ्नो बिद्यालयले दिने शिक्षामा संका नगर्न आग्रह गदै प्रध्यानाध्यापक मल्लले अव कोहलपुर नगरपलिका वडा नं १,२ बैजनाथ गाउँपाकिालको वडा नं १,२,३,४ का बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा कृष्ण माबिले दिने बताए ।
उपयुक्त भौतिक पुर्वाधान भएको बिद्यालयले निकट भबिश्यमा स्कुल बस समेत संञ्चालन गर्ने तयारी गरि रहेको जानकारी दिए ।


कार्यक्रममा बोल्दै नगर शिक्षा प्रमुख अनन्त राज पौडेलले कृष्ण माबिका शिक्षक , अभिभावकले ठुलो मेहनत गरेकाले बिद्यालय सधै अब्बल रहदै आएको बताए । उनले बिद्यालयको गतिबीधीले आफु सन्तुष्ट रहेको बताउदै आगामी दिनमा पनि मेहनतलाई जारी राख्न आग्रह गरे । उनले शिक्षक ,अभिभावकको मेहनतले सरकारी बिद्यालयहरु लाई उत्कृष्ट बिद्यालय बनाउन सकिने बताउदै कृष्ण माबि त्यसैको नमुना भएको धारणा राखे ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता एंव सोही बिद्यालयका अभिभावक नरेन्द्र न्यौपानेले समुदायीक बिद्यालयको गुणस्तर बिकासका लागि सामुहीक पहलको खाचो भएको बताए । उनले एक पक्षको सुधारले मात्रै सामुदायीक बिद्यालयको शिक्षामा सुधार नहुने भन्दै शिक्षक,अभिभावक र राज्यको उचित ध्यान जान आवश्यक रहेको बताए । उनले शिक्षामा गरेको लगानिको फल लामो समय पछि प्राप्त हुने भन्दै शिक्षामा राज्यको लगानि बढाउन आवश्यक हरेको धारणा राखे ।
सार्वजनिक बिद्यालयको कक्षा कोठा,शैचालय, खानेपानी, यातायातका साधन जस्ता कुरामा राज्यको लगानी प्रयाप्त नभएको धारणा राखे ।

छलफल कार्यक्रममा नेकपा एमालेका नेता प्रेम भुषाल,नेपाली काग्रेस नेतृ सतिदेबी ढकाल, बिद्यलायका पुर्व प्रध्यानाध्यापक बिश्व प्रकास शर्मा ढकाल , अभिभावक अमर लामिछाने, स्थानिय समाज सेबी सितला परियार लगायतले बिद्यलायमा शैक्षिक सुधार गर्दै नमुना बिद्यालय बनाउन सुझाव दिएका थिए ।

बिद्यालयको प्राध्यानध्यापक बिरेन्द्र मल्लका अनुसार ११ कक्षामा पोजेक्टर तथा स्मार्ट बोर्डको माध्याम बाट बढाई गरीने जानकारी दिए । उनका अनुसार पर्याप्त खेल मैदान, पुस्तकालय, बिज्ञान प्रयोगशाला , स्वच्छ पिउने पानीको प्रवन्ध छ । उनले एसईईमा जिपिए ४ ल्याउने बिद्यार्थीलाई सत प्रतिसत छुटको व्यवस्था गरिएको जानकारी दिए । साथै गरिव र जेहन्दार , पिछडीएका , सिमान्तकृत तथा लोप उन्मुख जनजातीका बालिकालाई छत्रबृति दिईने बताए ।

 

Nabintech