११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा जन लहर बढ्दो

बिभिन्न पार्टी परित्याग गरि २ सय ४८ जना माओवादी केन्द्र प्रबेश



राप्ती सोनारी गाउँपालिका वडा नं ४ मा बिभिन्न पार्टी परित्याग गरि २ सय ४८ जना माओवादी केन्द्र प्रबेश गरेका छन ।
जनताको एक मात्र भरोसा योग्य पार्टी माओवादी केन्द्र भएको भन्दै आफुहरु माओवादी केन्द्र प्रबेश गरेको उनिहरुले बताएका छन । प्रबेश गर्नेहरुमा नेपाली काँग्रेस,नेकपा एमाले र राप्रपा परित्याग गरि माओवादी केन्द्र प्रबेश गरेका हुन । उनिहरुलाई माओवादी केन्द्रका नेताहरु प्रकास सुबेदी,कृष्णा केसी र नेरन्द्र न्यौपानेले फुल माला र खादा लगाएर स्वागत गरेका थिए ।
नव प्रबेशीहरुले आगामि निर्माचनमा राप्ती सोनारी गाउँपालिकामा माओवादी केन्द्रलाई बिजयी गराएरै छाड्ने अठोठ गरेका थिए । कार्याक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बीनी प्रदेश कमिटी सदस्य प्रकास सुबेदीले जनताको सुख दुखको साथी माओवादी पार्टी नै भएको बताए । उनले संघियता , धर्मनिरपेक्षता र समाबेशिता माओवादीको मुद्धा भएको भन्दै माओवादीलाई साथ दिन आग्रह गरे ।
कार्यक्रममा माओवादी केन्द्रकी नेतृ लुम्बीनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले राप्ती क्षेत्रको विकासका लागि माओवादी पार्टी बाट मात्रै सम्भव भएको बताईन । उनले सो क्षेत्रमा बिजुली र बोटो माओवादीको पहलमा निर्माण भएको बताईन ।


कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले स्थानिय तहको निर्वाचन अघि माओवादी सहितको सरकारले भुमिहीनलाई जग्गा धनि प्रमाण पुर्जा बितरण गर्ने बताए ।
उनले भुमिहीनको नाम सुन्न नचाहने पार्टी र तिनका नेता अहिले भुमिहीन पक्षपाती भएको देख्दा दया लगेर आएको धारणा राखे । उनले आम जनताको सबैखाले माग सम्बोधनका लागि कम्युनिष्ट सरकार निर्माण गरेको भएपनि केपी ओली कै कारण त्यो सम्भव नभएको धारणा राखे ।


उनले संबिधान को मर्म र भावना बितपरी पटक पटक प्रतिनिधी सभा बिधटन गरेर केपी वलीले प्रतिगामि कदम चालेको उनको भनाई छ ।
कर्यक्रममा माओवादी केन्द्रका युवा नेता एंव राप्ती सोनारी ७ का अध्यक्ष राम लखन थारु, ६ का अध्यक्ष जनक थारु, लगायतले पनि सम्बोधन गरेका थिए ।

कार्याक्रममा नेकपा माओवादी केन्द्र बाँकेका नेता अबराज खड्का,दामोदर अधिकारी,नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी सदस्यहरु तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रदिप वाग्ले तथा जिल्ला सह संयोजक राजेश आचार्य लगाएतको सहभागिता रहेको थियो ।

Nabintech